नेपालका दुई शीर्ष कम्युनिष्ट नेताहरूद्वारा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँग बीआरआईअन्तर्गतका परियोजनाको कार्यान्वयनमा जोड
2022-03-28 15:56:21cri
Share with:

दुई प्रमुख कम्युनिस्ट पार्टी एमाले र माओवादीले चीनविरुद्ध नेपालमा कुनै गतिविधि हुन नदिने प्रतिबद्धता जनाएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीसँग आइतबार भएको छुट्टाछुट्टै भेटमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले एक चीन नीतिप्रति दृढ रहेको भन्दै बताउनुभएको हो।

एमालेको अप्रत्यक्ष र माओवादीको प्रत्यक्ष सहभागितामा अमेरिकी सहयोग निकाय एमसीसीसँगको सम्झौता संसद्बाट अनुमोदन भएको एक महिना नपुग्दै नेपाल भ्रमणमा आएका चीनका विदेशमन्त्री वाङले भ्रमणको तेस्रो दिन स्वदेश फर्कनुअघि दुई कम्युनिस्ट पार्टीका शीर्ष नेतृत्वसँग कुराकानी गर्नुभएको हो। हामी एक चीन नीतिको पक्षमा छौं, चीनविरोधी गतिविधिप्रति हामी टोलरेट गर्दैनौं भन्ने कुरा राखेका छौं,’ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भन्नुभयो।

 

दुवै नेतासँगको भेटमा चिनियाँ विदेशमन्त्री वाङले आपसी हित र बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लगायत नेपालका चासो सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् वाङसँगको भेटमा माओवादी अध्यक्ष दाहालले एक चीन नीतिप्रति आफ्नो दृढ समर्थन रहेको र चीनविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेको माओवादी नेता एवं पूर्वपराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बताउनुभयो। हाँका अनुसार एक चीन नीतिप्रति दाहालले राखेको धारणामा वाङले धन्यवाद व्यक्त गर्नुभएको कान्तिपुर अनलाइनले लेखेको छ।

चीन र नेपालबीचको सम्बन्ध राम्रो रहेको र जस्तोसुकै उतारचढाव आए पनि राम्रो बनाएर लैजानुपर्ने वाङको भनाइ रहेको श्रेष्ठले जानकारी दिनुभयो

आफ्नो चाहनाविपरीत फागुन १५ मा अमेरिकी दबाबमा एमसीसी अनुमोदन भएको भन्दै चीनले सार्वजनिक रूपमै असन्तुष्टि जनाएको थियो। औपचारिक भ्रमण र सामूहिक भेटवार्ताका कारण एमसीसी र वामपन्थी शक्तिहरूबीचको सहकार्यको मुद्दाले भने प्रवेश पाएन। एमसीसी नेपालअमेरिकाको विषय भएको र वामपन्थी शक्तिहरूबीचको एकता नेपालको आन्तरिक विषय भएको भन्दै नेताहरूले औपचारिक छलफलको विषय नबनेको बताएका छन्

 

बीआरआर्ईअन्तर्गतका परियोजना अगाडि बढाउन चिनियाँ विदेशमन्त्रीसँग आफ्नो पार्टी अध्यक्ष ओलीले आग्रह गरेको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले बताउनुभयो। बीआरआर्ई अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजना अगाडि बढाउन चीन सरकारलाई आग्रह गरिएको उहाँले जानकारी दिनुभयो। चीनले बीआरआईअन्तगर्तका परियोजना कार्यान्वयनमा प्रतिबद्धता दोहोर्‍याएको छ विदेशमन्त्री वाङ यीले बीआरआईका बारेमा चीनले नेपालसँग गरेको सहमति र प्रतिबद्धता पूरा गर्ने बताएको भट्टराईले जानकारी दिनुभयो।

माओवादी अध्यक्ष दाहालले पनि बीआरआईअन्तर्गतका परियोजना अगाडि बढुन् भन्ने चाहना व्यक्त गर्नुभयोम प्रधानमन्त्री र हाम्रै पार्टी नेतृत्वको सरकारले बीआरआईमा हस्ताक्षर गरेको हो, हाम्रो पार्टी बीआरआई परियोजना अगाडि बढाउने पक्षमा छ र यसका लागि आवश्यक सहयोगको अपेक्षा गर्छ,’ भेटमा दाहालले भन्नुभएको थियो। नेपालको आर्थिक विकाससँग जोडिएको बीआरआई र चीनका तर्फबाट प्रतिबद्धता जनाइएका परियोजना अगाडि बढ्छन् भन्नेमा विश्वस्त रहेको दाहालले बताउनुभयो। भेटमा सहभागी नेता शक्ति बस्नेतले बीआरआई अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरिएको बताउनुभयो। उहाँका अनुसार विदेशमन्त्री वाङले नेपालको आर्थिक एवं सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने जनाएका छन्

 

रसुवागढी र तातोपानी सीमा सुचारु गर्ने विषयमा पनि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले समान चासो राखेका छन्। तातोपानी र रसुवागढी नाका नियमित सञ्चालनका लागि आग्रह गरेको र विदेशमन्त्री वाङले यसलाई सकारात्मक रूपमा लिएको एमाले नेता भट्टराईले बताउनुभयो। कोरोनाका कारण नाका सहज नहुँदा व्यापार घाटा थप बढेको भन्दै दाहालले समस्या समाधान गर्न आग्रह गरिएको माओवादी नेता बस्नेतले जानकारी दिनुभयो। चिनियाँ विदेशमन्त्री वाङले नेपालको विकास र समृद्धिका लागि सहयोग गर्न आफूहरू तयार रहेको बताएका थिए। चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनका क्रममा रहेका नेपाली विद्यार्थीलाई सहज रूपमा फर्कने वातावरण बनाइदिन आफूहरूले आग्रह गरेको र त्यसमा वाङ सकारात्मक देखिएको भट्टराईले जानकारी दिनुभयो एमाले र माओवादी नेतृत्वले कोरोना कालमा गरेको सहयोगप्रति विदेशमन्त्री यीमार्फत चीनलाई धन्यवाद दिएका छन्