चीनद्वारा अफगानिस्तानी जनतालाई कठिन अवस्थाबाट निस्कन सहायता
2022-03-29 19:48:15cri
Share with:

चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले ३० देखि ३१ तारिखसम्म चीनको न ह्वै प्रान्तको थुन्सीमा तेस्रो अफगानिस्तान छिमेकी मुलुक मन्त्री स्तरीय सम्मेलनको अध्यक्षता गर्नुहुनेछ। त्यस सम्मेलनमा सँगै मिलेर अफगान परिस्थितिला स्थिर पार्ने र अफगानिस्तानी जनताला समर्थन र सहायता दिने छिमेकी मुलुक योजनाबारे विचार विमर्श गरिनेछ। उहाँका लागि भर्खरै सम्पन्न भएको एशियाली मुलुकहरूको भ्रमण अवधिमा अफगानिस्तान तीमध्येको एक महत्वपूर्ण मुकाम पनि हो। अफगान संक्रमणकालीन सरकार गठन भएपछि चीनका उच्च पदाधिकारीले त्यहाँको भ्रमण गर्नुभएको यो पहिलो पटक पनि हो। त्यसबाट के प्रमाणित गरिएको छ भने चीनले अफगानिस्तानको शान्तिपूर्ण पुन:स्थापनाका लागि सकारात्मक प्रयास गर्नुका साथै युद्धग्रस्त अफगानिस्तान छिटोभन्दा छिटोगरी राम्रो हुँदै जाने शा पनि गरेको छ।

 

अफगानिस्तानको मैत्रीपूर्ण छिमेकी र संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को स्थायी सदस्य मुलुकको हैसियतले चीनले अफगानिस्तानको शान्तिपूर्ण पुनर्स्थापनाका लागि सक्दो ठूलो भूमिका निर्वाह गर्दै एको छ। अफगानिस्तानमा एउटा कुरा प्रचलित छ कि: चीन अफगानिस्तानला हानी नपुर्याएको एउटा मात्र विशाल मुलुक नै हो। त्यो कुरा पनि चीन र अफगानिस्तान लामो समययता मैत्रीपूर्ण सम्बन्ध कायम भएको साँचो प्रमाण रहेको छ। चीन अफगानिस्तान राम्रो हुने अपेक्षा लिएको साँचो मित्र हुनुका साथै विश्व शान्तिको संरक्षण गर्ने सकारात्मक शक्ति पनि रहिरहने छ।