तिब्बतका विभिन्न जातीयहरुद्वारा लाखौँलाख भूदास मुक्त भएको ६३औँ वार्षिकोत्सव मनाइँदै
2022-03-29 10:59:32cri
Share with:

 तिब्बतका विभिन्न जातीयहरुले लाखौँलाख भूदास मुक्त भएको ६३औँ वार्षिकोत्सव मनाउनका लागि उत्सवमा लगाइने पोशाक लगाउँदै नृत्य तथा सांस्कृतिक प्रदर्शनको आयोजना गरेका छन्।

 

सन् १९५९ मा तिब्बतका विभिन्न जातीयहरुले जन लोकतान्त्रिक सुधार आन्दोलन गरेका थिए जसबाट लाखौँलाख भूदास मुक्त भएका थिए। तिब्बतका विभिन्न जातिका २८ लाखभन्दा बढी जनताको आव्हानमा तिब्बत स्वायत्त प्रदेशको कानून निर्माण सँस्थाले मार्च २८ तारिखलाई तिब्बतका लाखौँलाख भूदास मुक्त भएको दिनको सम्झनामा तिब्बत भूदास मुक्त दिवस तोकेको हो।