शाङहाईमा सम्भव भएसम्म नागरिकको जीवन आपूर्तिलाई प्रत्याभूति दिइने
2022-03-30 15:51:32cri
Share with:

हालै कोरोना महामारीको नयाँ लहर चीनको शाङहाई सहरमा देखिएको छ। सो महामारीको प्रतिरोध र रोकथाम गर्न शाङहाईका केही बसोबास समुदायला बन्द गरिएको छ र मानिसहरू इसोलेसनमा बसेका छन्। खाद्यपदार्थ तथा जीवनमा आवश्यक सामग्रीको आपूर्तिमाथि यी बन्द गरिएको समुदायका नागरिकहरूले उच्च ध्यान दिएका छन्। अनलाइनमा नागरिकको प्रथम छनौट खाद्यपदार्थ खरीद गर्ने रहेको छ।

 

त्यस कारणले गर्दा शाङहाईमा सञ्चालित धेरै इन्टरनेट किनमेल चौतारोले सकेसम्म यी सामग्रीको आपूर्ति र ढुवानीलाई प्रत्याभूति गर्दै आएका छन्। यसका साथै यी व्यवसायीले पनि महामारी नियन्त्रण नियम अनुसार, भण्डारण र डेलिभरी कर्मचारीको न्यूक्लिक एसिड परीक्षण पनि गरेका छन्।