छिङ मिङ पर्वमा चिनियाँ राष्ट्राध्यक्ष सँगसँगै दिवंगत भएकाको सम्झना
2022-03-30 10:57:41cri
Share with:


चीनको परम्परागत चाड छिङ मिङ पर्व नजिकिँदै छ। यो पुर्खा र दिवंगत भएका आफन्तजन्लाई श्रद्धाञ्जली अर्पण गर्ने महत्वपूर्ण अवसर हो। चीनको विशाल भूमिका विभिन्न स्थलमा राष्ट्राध्यक्ष सी चिनफिङले पुर्खा र मृतकलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। हरेक स्थलको निरीक्षणमा सीले बलिदान तथा मृत्युवरण गरेका साहसिला तथा सहीद भएकाहरूको परिवार तथा वंशजसँग भेट गर्नुका साथै वीर कथाहरू पनि सुनाउनुभएको छ।

विदेश भ्रमण क्रममा पनि उहाँले धेरै पटक विदेशमा मृत्यु भएका चिनियाँ सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उहाँले भन्नुभएको छः समय जतिसुकै परिवर्तन भए तापनि हामीले राष्ट्र, जाति र शान्तिका लागि आफ्नो बहुमूल्य जीवन बलिदान गर्ने सबैलाई सधैँ सम्झनुपर्छ।

 

चीन र नेपालबीचको लामो मैत्रीपूर्ण सम्बन्धमा पनि धेरै स्मरणीय व्यक्तिहरु छन्। १६०० वर्षअघि चीनका प्रख्यात भिक्षु फासियान र नेपालका प्रख्यात भिक्षु बुद्धभद्रले एकअर्काको देशको भ्रमण गर्नुका साथै संयुक्त रुपमा हस्तान्तरित बौद्ध धर्मग्रन्थहरू अनुवाद गरेका थिए। चीनको थाङ राजवंशकालमा नेपालकी राजकुमारी भृकुटीले तिब्बतको राजा स्रङचङ गम्पोसँग विवाह गरेकी थिइन्। प्रख्यात भिक्षु सुआन चाङले शाक्यमुनिको जन्मस्थल लुम्बिनीको भ्रमण गर्दै बहुमूल्य लिखित रेकर्डहरू छोडेर गएका छन्। 

 

युआन राजवंशकालमा नेपाली प्रसिद्ध शिल्पकार अरनिकोको नेतृत्वमा नेपाली शिल्पकारहरुले चीनको भ्रमण गर्दै बेइजिङमा मियाओइङ मन्दिरको सेतो प्यागोडा जस्ता भव्य भवनहरूको निर्माण गरेका थिए। आधुनिक युगमा पनि अनगिन्ती राजनीतिक नेताहरु,मैत्रीपूर्ण सँस्था तथा व्यक्तिहरुले चीन र नेपालबीचको सम्बन्धको विकासका लागि प्रयास तथा योगदान सिर्जना गर्दै आएका छन्। यी मैत्रीपूर्ण व्यक्तिहरूले दुई देशका जनतालाई एकले अर्कालाई चिन्न र पुस्तादेखि पुस्तासम्म हात मिलाएर अगाडि बढ्न प्रेरित गरेका छन्।