चीनको चच्याङ प्रान्तमा सेनामा भर्ती भएका महिला सैनिकलाई तरवार प्रदान
2022-03-30 10:29:50cri
Share with:

चीनको चच्याङ प्रान्तीय सरकारद्वारा यस वर्ष सेनामा भर्ती भएका महिला सैनिकलाई विशेष गौरव तरवार प्रदान गरिने समारोह चच्याङको च्यासिङ सहरमा मार्च २९ तारिख आयोजना गरिएको छ। सारा प्रान्तका जम्मा ११५ जना नयाँ महिला सैनिकले यस तरवार प्राप्त गरेका छन्।

 

उक्त गौरव तरवारमा हजारौँ वर्ष लामो इतिहास बोकेको चीनको पुरानो तरवारको शिल्प सदुपयोग गरी हरेक तरवारमा हरेक महिला सैनिकको विशेष नम्बर कुंदिएको छ। उक्त गौरव तरवारले चिनियाँ सैनिक निष्ठावान, बहादुर, बलियो आदि भावना प्रदर्शन गर्दछ।