छाउ क्वैद्बारा छि राज्यको प्रतिकार सम्बन्धी युद्ध-1
2022-03-30 10:23:56cri
Share with:

सामान्यतः युद्ध गर्नु भनेको सेनाको काम हो । तर प्राचीन चीनको सैन्य इतिहासमा एकजना साधारण मानिसले आफ्नो दक्षता मार्फत अरु राज्यबाट गरिएको आक्रमणको प्रतिकार गर्दै विजय हासिल गरेका थिए। चाउ क्वैले छि राज्यको आक्रमणको प्रतिकार गरेको लडाईंमा मुख्य व्यक्ति एक साधारण मानिस थियो।

युद्ध राज्यकालताका धेरै रजौटाहरुका शासन अन्तर्गत रहेका स-साना राज्यहरु थिए। तीमध्ये केही शक्तिशाली -साना राज्यहरुले प्रभुत्व जमाउन खोजेका थिए। तीमध्ये छि राज्य एक थियो। छि राज्यका राजा छि हुआन् कुङले आफ्नो राज्यका सेना शक्तिशाली भएको कारण ईसा पूर्व 684मा दुर्बल लु राज्यमाथि हमला गर्नथालेका थिए। लु राज्यका राजा लु च्वाङ कुङले मरुन्जेलसम्म छि राज्यसित लडाई गर्ने दृढता गरेका थिए।

छि राज्यले लु राज्यमाथि हमला गरेकोमा लु राज्यका जनताको रोष पनि बढेको थियो। छाउ क्वै नामक एकजना साधारण मानिस थियो। उ लु राज्यका राजासित भेट गर्ने र छि राज्यका विरुद्ध लडाईंमा भाग लिने माग गर्न तत्पर भयो। केही मानिसहरुले छाउ क्वैलाई सम्झाउंदै भनेःराज्यको ठूलो कामको वास्ता सम्बन्धित अधिकारीहरुले गर्नुपर्छ, तपाईंले किन हात हाल्ननुपर्ने?”

छाउ क्वैले जवाफ दिंदै भनेका थिएःउच्च ओहदामा बसेका अधिकारीहरुको दूरदृष्टि नभएकाले राम्रो उपाय ननिस्केको हुनसक्ने सम्भावना निकै बढी छ। राज्य संकटमा परिरहेको देख्दा-देख्दै किन चूप लागेर बस्ने, हात किन नहाल्ने?”त्यसैले छाउ क्वैले राजदरबारको ढोका अगाडि गएर लु राज्यका राजा लु च्वाङ कुङसित भेट गर्न अनुरोध गरेका थिए। 



       


लु च्वाङ कुङ सित भेट गरेपछि छाउ क्वैले छि राज्यको आक्रमण विरोधी युद्धमा भाग लिने अनुरोध गरेका थिए। यसका साथै उनले राजालाई पनि सोधेका थिएः हाम्रो राज्य छि राज्यभन्दा दुर्बल र सानो छ , हजुरले केको भर परेर छि राज्यका सेनाको प्रतिकार गर्ने योजना गर्नुभएको छ? ”


लु च्वाङ कुङले जवाफ दिंदै भनेका थिएःसाधारण दिनमा कुनै पनि स्वादिलो खानेकुरा वा राम्रो लुगा भएमा म एक्लैले उपभोग नगरी सधैं नै अरुसँग बाँड्ने गरेको थिएँ। त्यसैले साधारण जनताले मेरो समर्थन गर्ने कुरामा म विश्वस्त छु।छाउ क्वैले राजाको कुरा सुनेर नाइनास्ती गर्दै भनेःयस्ता साना-तिना सुविधा भोग गरेका मानिसहरुको संख्या थोरै मात्र थियो। त्यसैले साधारण जनताले तपाईंको समर्थन गर्दैनन् होला।


यो लेखलाई तीन भागमा विभाजन गरिएको छ। दोस्रो भाग आगामी साता राखिने छ।