रूस युक्रेन शान्ति वार्तामा सकारात्मक उपलब्धि
2022-03-31 17:09:53cri
Share with:


रूस र युक्रेनबीचको पाचौं सम्झौता वार्ता २९ तारिख टर्कीमा सम्पन्न भएको छ। टर्कीका विदेश मन्त्री मेभलाट चाभुसोग्लुका अनुसार, त्यो सम्झौता वार्तामा हालसम्म सबभन्दा बढी प्रगति प्राप्त भएकोमध्ये एक हो। रूसी प्रतिनिधि मण्डलका प्रमुख भ्लादिमिर मेदिन्स्कीले यदि दुवै पक्ष बीच सन्धिमा हस्ताक्षर कार्यलाई तीव्र गतिले अघि बढाइनुका साथै आपसी लचकता भएमा शान्ति प्रक्रिया अझ छिटोगरी अघि बढ्नसक्ने कुरा बताउनुभएको छ। युक्रेन प्रतिनिधि मण्डलका सदस्यले दुई देशका राष्ट्रपति बीच भेटघाट हुने आधारभूत दस्तावेज तयार भइसकेको जानकारी दिएका छन्। 


प्राप्त जानकारी अनुसार, उक्त सम्झौता वार्तामा केही महत्वपूर्ण प्रगति प्राप्त भएको देखिन्छ। जस्तै: युक्रेनले स्थायी रूपमा तटस्थतालाई कायम राख्ने र सैनिक गठबन्धनमा संलग्नताको अधिकारलाई त्याग गर्ने भन्ने छ। साथै रूसले युक्रेन युरोपेली संघमा संलग्न हुन विरोध नगर्ने र कदम चालेर युक्रेनसँगको भिडन्तलाई खुकुलो पार्ने आदि पनि समावेश छन्। त्यसबाट रूस र युक्रेन दुवै पक्षले भिडन्तको अन्त्य गर्ने इच्छा प्रतिबिम्बित गरिएको छ। त्यो शान्ति खोज्ने र सम्झौता वार्ता गर्ने अन्तर्राष्ट्रिय समाजको साझा प्रयाससँग घनिष्ट सम्बन्धित रहेको छ।

तथ्यबाट के प्रमाणित गरिएको छ भने अमेरिका विश्व शान्ति र सुरक्षाका लागि सबैभन्दा त्रास धम्की नै हो। अमेरिकी मार्काको युद्ध इन्जिन बन्द गर्नु जरूरी छ।