चीन-नेपाल मैत्री सहयोगको भविष्य फराकिलो छ
2022-03-31 10:55:21cri
Share with:


 

हालै चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले पाकिस्तान, अफगानिस्तान, भारत र नेपालको भ्रमण गर्नुभएको छ। त्यसमध्ये नेपाल चिनियाँ परराष्ट्रमन्त्रीको भ्रमणको अन्तिम स्देशन थियो। परराष्ट्रमन्त्री वाङले तेस्रोपटक नेपालको भ्रमण गर्नु भएको हो ।

वर्तमान जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा चिनियाँ परराष्ट्रमन्त्रीको भ्रमणले नेपाललगायत दक्षिण एसियाली छिमेकी मुलुकमाथि दिएको महत्व देखाएको छ। विशेष गरी परराष्ट्रमन्त्री वाङले नेपालसँग मैत्रीपूर्ण सम्बन्धको विकासमाथि चीनले दिइएको महत्वमा जोड दिनुभएको छ।

यसको आधारमा मन्त्री वाङले नेपाललाई चीनले गरेको तीनवटा सहयोगबारे जानकारी दिनुभएको छ। पहिलो, नेपाललाई आफ्नै राष्ट्रिय परिस्थिति अनुकूल विकास मार्ग खोज्न समर्थन दिएको छ। दोस्रो, स्वतन्त्र स्वदेशी तथा विदेशी नीति अवलम्बन गर्न नेपाललाई समर्थन गरेको छ। तेस्रो, "बेल्ट एण्ड रोड" निर्माणमा नेपालको अझै गहिरो सहभागीलाई समर्थन गरेको छ। यी तीनवटै समर्थनबाट चीनले नेपालको चाहनालाई पूर्ण रूपमा सम्मान गरेर नेपाल दक्षिण एसियासँग सहकार्यको उच्चभूमि बन्ने र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा अझै ठूलो भूमिका खेल्ने प्रतीक्षा लिएको देखिएको छ।

साथै द्विपक्षीय महत्वपूर्ण सहयोगलाई गतिशील पार्दै नाकाको सुचारू संचालनलाई प्रत्याभूति दिने इच्छा पनि चीनले व्यक्त गरेको छ। यसका अतिरिक्त, चीनले अन्तर्देशीय बिजुली सहयोगको विकासबारे छलफल गर्ने, आर्थिक र मानवीय आदानप्रदान मार्गलाई विस्तार र विविध पार्ने, हिमाल पार बहुआयामिक सम्पर्क नेटवर्कको निर्माण गर्ने आशा पनि चीनले गरेको छ।

नेपाललाई दिने समर्थन बोलीमा मात्र होइन चीनले ती वचनलाई व्यवहारमा उतारिरहेको छ। चिनियाँ परराष्ट्र मन्त्री वाङ यीको यस भ्रमणताका आपसी आर्थिक, प्राविधिक, कृषि, पूर्वाधार प्रबन्ध, चिकित्सा सम्बन्धि सहयोग दस्तावेजको हस्ताक्षर समारोहमा दुई देशका परराष्ट्र मन्त्रीले साक्षी बस्नुभएको छ। तीमध्ये नेपालमा ध्यानाकर्षण बनेको चीन-नेपाल अन्तर्देशीय रेलको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहयोग दिने, नेपाललाई थप ४० लाख कोरोना खोप प्रदान गर्ने रहेका छन्। समेटिएका सहयोगको विषयबाट हेर्दा नेपालका लागि आवश्यक पूर्वाधार निर्माण तथा जनजीवनको सुधारमा केन्द्रित छ।

चिनियाँ परराष्ट्र मन्त्रीले भन्नुभएको छ, ‘बितेका वर्षहरूमा बीआरआई सम्बन्धी आपसी सहयोगमा उपलब्धि हासिल गरिएको छ जसबाट नेपालको निर्माणमा समर्थन दिइएको छ। उल्लिखित सहयोगहरूबाट नेपालको आर्थिक, सामाजिक विकासको लागि थप समर्थन दिनेछ।’

चीन-नेपाल मैत्री सहयोगको भविष्य फराकिलो छ र अझ उच्च स्तरमा पुग्ने हाम्रो विश्वास छ।