फ्रान्सेली कुक र चीनबीचको रोमान्टिक भावना
2022-04-01 09:56:20cri
Share with:

 

फ्रान्सेली आन नाउनाउ एकजना ग्यास्ट्रोनोम हुन्। उनलाई चीनको खाना सँस्कृति मन पर्छ। उनी फ्रान्स र चीनको खानाको अनुसन्धान गर्न मन पराउँछन्। चीनमा बसोबास गरेको दश वर्षमा उनको सपना साकार भएको छ।

 

 “नमस्ते, मेरो नाम आन नाउनाउ हो। नाउ नामक भान्सा आउनुहोस।”

 

आन नाउनाउको जन्मथलो दक्षिणी फ्रान्सको प्रोभेन्सको नजिकैको ओकीटानीमा पर्दछ। उनको जन्मथलोमा अंगुर वाइन, चिज, ससेज, महको मुख्यतःउत्पादन गरिन्छ। आन नाउनाउका धेरै दाजु-भाइ र दिदी-बहिनी छन्। त्यसैले पाँच वर्षको उमेरदेखि नाउनाउले भान्सामा आमालाई खाना पकाउने काम गर्न सहयोग गरेका थिए। नाउनाउले खानाप्रति चासो लिन थाले।

 

 “सानो उमेरमा मलाई प्रकृति मन पर्‍यो। मैले पनि खाना र संसार हेर्न मन पराएँ। खास गरी मैले घुम्नका लागि अरु मुलुक जाने आशा लिएँ।”

 

खाना बाहेक, नाउनाउले चीनको ऊशु सँस्कृति मन पराउँछन्। खास गरी उनले ली स्याउलुङ र ली लेनचेको कुङफु मन पराउँछन्। नाउनाउले चीनमा उनकी श्रीमती भेटे। उनकी श्रीमती एकजना पैचिङकी महिला हुन्। त्यसैले उनले पैचिङ जाने निर्णय गरे। नाउनाउ भन्छन् “मैले बेलायतमा दश वर्ष बसेका थिएँ। लण्डनमा मैले मेरी श्रीमतीसँग भेटेँ। उनका लागि म चीन आएँ।”

 

फ्रान्स र चीनबीचको फरक सँस्कृतिका कारण उनीहरूको विवाहको आश्चर्य र खुशी छ। खानाको सँस्कृतिबाट हेर्दा नाउनाउको विचारमा फ्रान्सेली रोटी आवश्यक खाना हो। विहान रोटी खाँदा कफी पिउन निकै राम्रो हुन्छ। पैचिङमा हुर्केकी श्रीमतीले विहान बीनकर्ड जेली र यौ थिइओ खाने चलन छ। तर खानाको सँस्कृतिको भिन्नताप्रति नाउनाउलाई दुःख लागेन। उनले चीन र फ्रान्सको खानाको अनुसन्धान गर्न थाले। उनी भन्छन् “मेरो विचारमा चीन र फ्रान्सको समानता छ र पनि भिन्नता छ। चीन र फ्रान्सले एक अर्कालाई सिक्न सक्छन् र बाँड्न सक्छन्। त्यसैले हाल मैले दुई मुलुकको खानाको समानता र भिन्नताको अनुसन्धान गर्न मन पराउँछु। मैले विशेष खाना पकाउने खास गरी चीन र फ्रान्सको खाना मिलाउने खाना पकाउने योजना बनाएको छु।”

 

नाउनाउको विचारमा खाना रोमान्टिक छ। खाना बाँड्नसकिन्छ। मिठो खानामा परिवार र मायाको स्वाद समावेश हुन्छ। उनकाअनुसार, खाना पकाउने मापदण्ड छैन होला। प्राकृतिक, स्वस्थ र ताजा खाना उनको मनमा महत्वपूर्ण गुणस्तर हो। उनी भन्छन् “मैले माया र आत्मा रहेको खाना खोज्ने आशा लिन्छु, पनि स्वस्थ खाना खोज्ने आशा लिन्छु।  ”