विश्वको सबैभन्दा ठूलो विद्युत जल परियोजना चीनमा
2022-04-01 15:14:20CRI
Share with:

विश्वको सबैभन्दा ठूलो परिधिको जल विद्युत परियोजना चीनमा निर्मित शानस्या जल विद्युत परियोजना अर्थात् त्रि-घाँटी जल विद्युत परियोजना हो। हालसम्म यस परियोजनाबाट उत्पादित बिजुलीबाट चीनको आधा जनसंख्या लभान्वित भइरहेको छ। ३० वर्षअघि अर्थात् सन् १९९२ को अप्रिल ३ तारिख चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समितिमा ‘याङसी नदीको शानस्या जल विद्युत परियोजना निर्माण सम्बन्धि निर्णय-प्रस्ताव’ पारित भएको थियो र १२ वर्षसम्मको निर्माण समयमा विश्वको कठिन समस्याको समाधान पनि गरिएको थियो।

यो परियोजना याङसी नदीको व्यवस्थापन र विकासको लागि मुख्य र निर्णायक परियोजना हो। सन् २०१८ को अप्रिल २४ मा चिनियाँ नेता सी चिनफिङले याङसी नदीको निरीक्षणमा यसरी जोड दिनुभयोः याङ्सी नदी वरिपरिको आर्थिक बेल्टको निर्माण गर्दा याङ्सी नदीको पर्यावरणीय परिस्थितिको पुनर्स्थापनालाई उच्च प्राथमिकता दिनुपर्छ र चिनियाँ राष्ट्रको मातृ नदी याङसी नदीको संरक्षण गर्दै विनाशकारी विकासमा संलग्न हुनु हुँदैन।

शानस्या अर्थात् त्रि-घाँटी जल विद्युत परियोजना विश्वमा सबैभन्दा व्यापक भूमिका निर्वाह गर्ने जल विद्युत परियोजना हो। बाढी प्रतिरोध, बिजुलीको उत्पादन, जहाज ढुवानी, जलस्रोतको बन्दोबस्त, ऊर्जाको किफायत तथा कार्बोन निष्काशन घटाउने र पर्यावरणीय संरक्षण लगायत भूमिकाहरू यस परियोजनाले खेल्ने गर्छ।