चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा पैचिङमा वृक्षारोपण
2022-04-01 14:30:07cri
Share with:

मार्च ३० तारिख, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङ सहरको ता सिङ क्षेत्रको ह्वाङ छुन बस्तीमा जिम्मेवारी वृक्षारोपण गतिविधि मा भाग लिनुभएको छ। सो क्रममा राष्ट्राध्यक्ष सीले चिनियाँ कम्युनिष्ट पार्टीको १८औँ महाधिवेशन यता आफूले लगातार दश वर्षदेखि पैचिङको जिम्मेवारी वृक्षारोपण गतिविधि मा भाग लिएर रूख रोप्दै एको र सबैजनाला सुन्दर चीनको निर्माणमा प्रयास गर्न व्हान गर्नुभएको छ। उहाँले सारा समाज र विशेष गरी युवायुवतीलाई प्रोत्साहन गर्ने उद्देश्य लिएको पनि बताउनुभयो।

दश वर्ष यता, चीनमा पर्यावरणीय सभ्यताको निर्माणला सबल बनाइएको छ। हरियाली मुलुकको निर्माणलाई अघि बढाइँदै सहर र ग्रामिण क्षेत्रको जीवन तथा वातावरणमा सुधार भएको छ र सुन्दर चीनको सपना वास्तविक बन्दै गएको छ।

पर्यावरणीय प्रणालीको संरक्षण र सुधार छोटो समयमा पूरा नहुने भएकोले दीर्घकालीन प्रयास गर्नुपर्ने पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।