अमेरिकी राष्ट्रिय प्रजातन्त्र कोषद्वारा प्रजातन्त्र विरोधी काम
2022-04-02 16:08:03cri
Share with:

हाल अमेरिकी राष्ट्रिय प्रजातन्त्र कोषका निर्देशक डेमन विल्सनको नेतृत्वको टोलीले चीनको थाइवान प्रान्त घुमेर विश्वका विभिन्न ठाउँमा रंगभेदको विचारला प्रचार प्रसार गरिरहेको छ। साथै सो कोषले यस अक्टोबर महिनाको अन्त्यतिर थाइपै शहरमा विश्व प्रजातान्त्रिक गतिविधि सम्मेलनको योजना गर्ने योजना सार्वजनिक गरेको छ। सो कुख्यात संगठनले यस पटक चीनमा आएर प्रजातन्त्रको नाममा तथाकथित रंगभेदी क्रान्तिलाई प्रवर्द्धन गरेको छ। यो गतिविधि अवश्य नै असफल हुनेछ।

 

अमेरिकी राष्ट्रिय प्रजातन्त्र कोष कस्तो छ भन्ने कुरा सबैलाई थाहा छ। यो तथाकथित गैरसरकारी संगठन वास्तवमा अमेरिकी सरकारद्वारा लगानी गरिएको हो। यो संगठन स्थापना भएदेखि यता विदेशी मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप तथा विदेशी मुलुकको कानूनी व्यवस्थामा हस्तक्षेप गर्दै एको देखिन्छ। यो संगठनका प्रथम निर्देशक एलन वाइनस्टीनले यस कोषले गर्दैआएका अधिकांश गतिविधि अमेरिकी सीआईएद्वारा २५ वर्षअघि शुरू गरिएको कुरा बताउनुभएको थियो। यसैले यो अमेरिकी राष्ट्रिय प्रजातन्त्र कोषलाई पनि अमेरिकी देस्रो सीआईए भनिन्छ।

 

उक्त संगठनले गएको केही वर्षदेखि हङकङ, थाइवान, सिनच्याङ र तिब्बतको विभाजन गर्ने शक्तिहरूलाई समर्थन दिइरहेको छ र सन् २०२०मा चीनसित सम्बन्धित ७० भन्दा बढी गतिविधिमा करोडौं अमेरिकी डलरको लगानी गरेको थियो। सन् २०१९ मा चीन सरकारले हङकङ कालो हिंसात्मक गतिविधिमा सघाएको रोपमा प्रतिबन्ध लगाएको थियो।