माल्भिनास टापु सधैंको दु:ख नबनोस्!
2022-04-02 19:32:32cri
Share with:

चालु वर्षको अप्रिल २ तारिख माल्भिनास टापु युद्ध देखा परेको ४० औं वार्षिकोत्सव हो। ४० वर्षअघिको सोही दिनमा उपनिवेशकारीको कब्जामा रहेको माल्भिनास टापुको सार्वभौमिकतालाई फिर्ता लिनका लागि अर्जेन्टिना र बेलायतबीच संघर्ष देखा परेको थियो। ७४ दिनसम्मको युद्ध अन्त्यमा  विफल भयो। त्यसपछि माल्भिनास टापुको सार्वभौमिकता अर्जेन्टिनाका जनताहरूको मनमा बिर्सन नसकिने दु:ख र चोट बनेको छ।

 

४० वर्ष बितिसके तापनि अर्जेन्टिना सरकार र जनताले सधैं नै माल्भिनास टापुको सार्वभौमिकता सम्बन्धी सुनुवाई र आग्रह नरोक्नुका साथै सम्झौता वार्ताको टेबुलमा फर्कन बेलायतसँग पनि आग्रह गरेका छन्। चीन लगायतका धेरै मुलुकहरूले पनि माल्भिनास टापु समस्यामा पूराका पूरै आफ्नो सार्वभौमिकताको कार्यान्वयन गर्ने अर्जेन्टिनाको आग्रहलाई समर्थन गरेका छन्।

 

तर आश्चर्य कुरा के छ भने माल्भिनास टापुको कब्जालाई सुदृढ पार्नका लागि बेलायतले अनेकन् कारवाई चलाउँदै आएको देखिन्छ। बेलायतको त्यस कारवाईले जथाभावी रूपमा संयुक्त राष्ट्र संघको सम्बद्ध निर्णय प्रस्ताव विपरीत जानुका साथै अर्जेन्टिनाका जनतालाई अझ दु:ख ल्याएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध प्रजातान्त्रिकीकरण हुँदै जाने आज माल्भिनास टापु अर्जेन्टिनाको स्थायी दु:ख बन्नुहुँदैन।