प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता, नेपाल-भारत रेल सेवाको उद्घाटन
2022-04-02 16:20:30cri
Share with:

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले द्विपक्षीय सबन्धलाई अझ सुदृढ गर्न वाचा गर्नुभएको छ। भारतको नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको द्विपक्षीय भेटवार्तामा शनिबार दुई प्रधानमन्त्रीले दुई देशका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने उल्लेख गर्नुभएको हो। स्रोतका अनुसार दुई प्रधानमन्त्रीका बीचमा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ सुदृढताका साथ अगाडि बढाउने उपायबारे विचार आदानप्रदान भएको कान्तिपुर अनलाइनले जनाएको छ

 

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले जनकपुर-जयनगर रेल सेवा उद्घाटन गर्नुभएको छ। उहाँहरूले हरियो झन्डा देखाएपछि जयनगरबाट कुर्थाका लागि नेपाली रेल गुडेको उद्घाटनसँगै रेल नियमित रूपमा चल्ने भएको छ । भारतको ठूलो जक्सन जयनगरदेखि नेपालको पूर्वपश्चिम राजमार्गको बर्दिवासमा जोडिएको ब्रोडगेज रेल्वेअन्तर्गत उद्घाटनपछि रेलले हाल जयनगरदेखि कुर्थासम्म यात्रु ओसार्ने काम नियमित हुनेछ ।

अनलाइन प्रविधिबाट रेलको टिकट उपलब्ध गराउने व्यवस्था गरिएको छ। टिकटमा क्यूआर कोड हुनेछ । रेलमा यात्रा गर्ने यात्रुको टिकट अनलाइनबाटै जाँच गर्ने उपकरण टीटीलाई उपलब्ध गराइएको छ। आइतबारदेखि रेल बिहान र दिउँसो दुई पटक यात्रु लिएर जयनगरकुर्था खण्डमा रेल चल्नेछ। रेलमा सिटमा बसेर र उभिएर यात्रा गर्ने व्यवस्था पनि मिलाइएको रेलवे कम्पनीले जनाएको छ ।

जनकपुरजयनगर ७० र कुर्थाजयनगर ९० रुपैयाँ भाडा कायम गरिएको छ। एसी सिटका लागि भने जनकपुरजयनगर ३५० र कुर्थाजयनगर ४५० रुपैयाँ भाडा कायम गरिएको जनाइएको छ । रेल चलाउनका लागि २६ जना भारतीय प्राविधिक कर्मचारी आइसकेका छन्। पहिलो चरणमा अहिले ५९ नेपाली कर्मचारी राखिएकोनेपाल रेलवे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताउनुभयो।

 

२०७७ असोजमा दुवै रेल सेट भारताबाट जनकपुर ल्याइएको थियो । लामो समयसम्म रेल पालले छोपेर राखिएको थियो । गत फागुन १ बाट ड्राई रनथालिएको हो। २०७६ वैशाख २७ मा भारत सरकारसँग रेल खरिदसम्बन्धी सम्झौता भएको थियो। भारतीय रेलवे कम्पनी कोंकणले दुवै रेल सेट ८४ करोड ६५ लाख रुपैयाँमा तयार गरेर दिएको हो।