सी चिनफिङद्वारा युरोपेली परिषद्का अध्यक्ष तथा युरोपेली संघ समितिका महासचिवसँग भेटघाट
2022-04-02 15:20:08cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल १ तारिख राति पैचिङमा भिडियोमार्फत् युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल र युरोपेली संघ समितिका महासचिव उर्सुला भोन डेर लेयनसँग भेटघाट गर्नुभएको छ।

 

चीन-युरोप व्यापक साझा हित र गहिरो सहयोगका आधार औंल्याउँदै राष्ट्राध्यक्ष सीले चीनको युरोप नीति स्थिर र निरन्तर रहेकोले युरोपले स्वतन्त्र चीनसम्बन्धी नीतिमा चीनसँगको सम्बन्धलाई अघि बढाएर अहिलेको डामाडोल विश्वमा केही स्थिरता थप्ने आशा व्यक्त गर्नुभयो।

 

मिशेल र भोन डेर लेयनले चीन विश्वमा एउटा महत्वपूर्ण शक्ति हुनुका साथै युरोपले चीनको अन्तर्राष्ट्रिय स्थान र भूमिकामा उच्च ध्यान दिएको बताउनुभयो। साथै उहाँले चीनसँगको सम्बन्धमा पनि ध्यान दिएको बताउनुभयो। दीर्घकालदेखि युरोप-चीन सम्बन्ध हितयुक्त साझा विजयमा रहेको बताउँदै उहाँहरूले दुवै पक्षले शान्तिको रक्षा गर्ने र बहुपक्षीयवादको संरक्षण गर्ने प्रतिवद्धता जनाउनुभयो।