अमेरिकी राजनीतिज्ञ ‘जो चोर उसकै ठूलो स्वर’ गर्न खोज्दै
2022-04-03 18:42:20cri
Share with:

अमरिकी राजनीतिज्ञले पश्चिमा मिडियासँग मिलेर फेरि एक पटक जो चोर उसकै ठूलो स्वर भनेजस्तै छल गर्न खोजेका छन्। बेलायतको द टाइम्स समाचार पत्रले अप्रिल १ तारिख तथाकथित अमरिकी सूचना अनुसार एउटा समाचार सार्वजनिक गरेको थियो। सो समाचारमा रूस र युक्रेनबीचको लडाँ अघि चीनले युक्रेनको सैन्य तथा णविक प्रबन्धमाथि ठूलो साइबर आक्रमण गरेको उल्लेख छ। विशेष गरी उक्त द टाइम्स समाचार पत्रले यो रोप युक्रेनको राष्ट्रिय सुरक्षा विभागबाट एको दाबी गरेको छ।

 

यो झुट समाचार बेतुका छ! सो समाचार सार्वजनिक हुने वित्तिकै युक्रेनको राष्ट्रिय सुरक्षा विभागले विभिन्न सामाजिक मिडियामार्फत उक्त अफ्वाहको खण्डन गरेको छ। युक्रेनले उक्त तथाकथित साइबर आक्रमणबारे कुनै सर्वेक्षण नगरेको र कुनै डाटा नपाएको साथै यो विषयबारेमा कुनै मिडियालाई सूचना नदिएको स्पष्ट पारेको थियो।

 

वास्तवमा विश्वको धेरैजसो साइबर आक्रमण अमेरकाले गरेको छ जुन आक्रमणको मुख्य तारो चीनला बनाइन्छ। हाल चीनको राष्ट्रिय इन्टरनेट आपतकालीन केन्द्रको सर्वेक्षणका अनुसार, यस फेब्रुअरी यता केही विदेशी संस्थाहरूद्वारा इन्टरनेटमार्फत चीन भित्रको कम्प्युटरमा आक्रमण गरी नियन्त्रण गरेको थियो। यसपछि ती संस्थाले चीन भित्रका कम्प्युटरमार्फत रूस, युक्रेन र बेलारूसमाथि साइबर आक्रमण गरेका थिए। सर्वेक्षणबाट ती विदेशी संस्थाहरूको इन्टरनेट ठेगाना धेरैजसो अमेरिकामा रहेको प्रमाण भेटिएको छ।