चीन र युरोपले डामाडोल विश्व परिस्थितिको स्थिर कारक तत्व प्रदान गर्नुपर्ने: राष्ट्राध्यक्ष सी चिनफिङ
2022-04-04 15:49:58cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल १ तारिख राति पैचिङमा भिडियोमार्फत युरोपेली काउन्सिलका अध्यक्ष मिचेल र युरोपेली संघ परिषद्का अध्यक्ष भोनदेर लेएनसँग भेट वार्ता गर्नुभएको छ।

 

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले यूरोपसँगै मिलेर एशिया युरोप महाद्वीपमा एउटा मैत्रीपूर्ण र सहयोगी पूल स्थापना गर्नुका साथै चीन युरोप सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धको अझ निर्माण गर्दै जान चीन इच्छुक रहेको कुरा औंल्याउनुभएको छ।

 

युरोपले चीनसँगसँगै चीन युरोप सम्बन्धलाई निरन्तर रूपमा विकसित पार्नुका साथै चीन सम्बन्धी अडिग नीति अपनाउँदै जाने कुरामा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।