युद्ध बन्द नै वर्तमानमा प्राथमिता
2022-04-06 20:57:14cri
Share with:

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले युक्रेन परिस्थितिका लागि खुला बैठकको आयोजना गरेको छ। “बुच घटना” यस बैठकको मुख्य विषय बनेको छ। संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी प्रतिनिधिले यस बैठकमा जोड दिएअनुसार युक्रेन परिस्थितिलाई शिथिल पार्दै युद्धलाई छिटो बन्द गर्न प्रवर्द्धन गर्नु नै अन्तर्राष्ट्रिय समाजको तत्काल अपेक्षा र चिनियाँ पक्षको दृढ इच्छा हो। “बुच घटना”को सम्बन्धी सबै कुनै पनि आरोप तथ्यमा आधारित हुनुपर्छ र निष्कर्ष निकाल्नुअघि सबै पक्षहरूले संयमता अपनाउनुपर्छ र आधारहीन आरोपहरूबाट बच्नुपर्छ भन्ने चीनको अडान छ।

हाल रुस र युक्रेनबीच पाँच चरणको शान्ति वार्ता भएको छ भने केही सक्रिय उपलब्धि पाइएको देखिन्छ। तापनि “बुच घटना”ले रुस र युक्रेनबीचको शान्त वार्तामा गहिरो छाया छायो। संयुक्त राष्ट्र संघीय महासचिव एन्टोनियस् गुटेरेसको धारणा उस्तै छ भने रुस र युक्रेनबीचको युद्धबाट ल्याइएको मानवीय संकट सबैभन्दा महत्वपूर्ण कुरा हो भने उक्त युद्ध तुरुन्तै बन्द हुनुपर्छ।


मानवीय समस्यालाई राजनीतिक बनाउनु हुँदैन। नागरिक लक्षित आक्रमण अस्वीकार्य छ र हुनु हुँदैन भन्ने चीनको अडान छ। छानबिनको नतिजा अघि सबै पक्षले राजनीतिक उद्देश्यका लागि आगो निभाउने काम गर्नुपर्छ।