चीनका राष्ट्राध्यक्ष र आर्मेनियाका राष्ट्रपतिद्वारा एकआपसलाई शुभकामना सन्देश
2022-04-06 11:19:46CRI
Share with:

अप्रिल ६ तारिख दौत्य सम्बन्ध स्थापना भएको ३०औँ वार्षिकोत्सवको अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र आर्मेनियाका राष्ट्रपति खाट्चाटुरियानले एक अर्कालाई शुभकामना सन्देश पठाउनुभएको छ।

 

राष्ट्राध्यक्ष सीका अनुसार, चीन र आर्मेनिया परम्परागत मैत्रीपूर्ण सहयोगात्मक साझेदारी हुन्। दौत्य सम्बन्ध स्थापना भएदेखि ३० वर्षमा दुई देशको सम्बन्धले स्वस्थ तथा स्थीर रूपमा विकसित प्रवृत्ति कायम राख्दैआएको छ। कोभिड-१९ महामारी फैलिएदेखि दुई देशका जनताले एक आपसलाई सहयोग गर्दै महामारीको प्रतिरोध गरेका छन्, जसले जनताबीचमा गहिरो मित्रता देखाएको छ।

 

यसै गरी, राष्ट्रपति खाट्चाटुरियानले चीनको विकास प्रगति र अन्तर्राष्ट्रिय भूमिकामाथि महत्व दिँदै राष्ट्राध्यक्ष सीसँग दुई देशको मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धको दिगो तथा स्थिर विकास गर्न इच्छुक रहेको व्यक्त गर्नुभएको छ।