छाउ क्वैद्बारा छि राज्यको प्रतिकार सम्बन्धी युद्ध-2
2022-04-06 15:40:12cri
Share with:

  “यज्ञ्यादि गर्दा म निकै इमान्दार थिएँ”लु च्वाङ कुङले जवाफ दिए। 


       छाओ क्वैले हाँस्दै भनेः “यस किसिमको इमान्दारी के कामको कुरा हो र, भगवानले तपाईंलाई सहायता गर्दैन।“

       लु च्वाङ कुङले सोचेर जवाफ दिएः “साधारण जन-जातिले आफ्ना समस्याहरु जाहेर गर्दा मैले एकेक गरी स्पष्टसँग अनुगमन गर्न नसके तापनि उचित रुपमा समाधानका लागि प्रयास गरेको छु।“

       छाउ क्वैले भनेः “यो कुरा जनताको मन जित्ने कुरा मात्र हो। छि राज्यसितको लडाईं जित्नका लागि यस कुराको कुनै सम्बन्ध छैन।“

       चाउ क्वैले लु च्वाङ कुङसँग आफूला२ रणभूमिमा जानदिन अनुरोध गरेका थिए। लु च्वाङ कुङले छाउ क्वैको विचारमा शंका लागेका कारण छाउ क्वैको माग स्वीकारेका थिए। त्यसपछि दुबैजना एउटै सैनिक गाडीमा बसेर सेनाको नेतृत्व गर्दै रणभूमिमा गएका थिए।

       चीनको प्राचीनकालमा लडाईं गर्दा सामन्यतः सैनिकहरुले मुखामुख भएर लडाईं गर्ने ढाँचा अनुरुप क पक्षले लडाईंको उद्घोषस्वरुप मादल बजाएपछि ख पक्षले पनि मादल बजाई लडाईंको उद्घोषलाई स्वीकार गरेको थियो। यदि ख पक्षले युद्धलाई स्वीकार नगरी मादल नबजाएमा क पक्षले तीन चोटि मादल बजाएपछि मात्र हमला गर्न पाउँथ्यो । लु च्वाङ कुङले हमला गर्न आदेश दिने तत्पर गर्दा छाउ क्वैले रोकेर हतारमा भनेका थिएः “हतार नगर्नुहोस, मौका आइसकेको छैन।“

       छि राज्यका सेनाले दोस्रो पल्ट मादल बजाएपछि पनि छाउ क्वैले लु च्वाङ कुङलाई हतार नगर्न अनुरोध गरे। लु राज्यका सेना छि राज्यका सेनाको शेखी देखेर ज्यादै रिसाएका थिए। तर कमाण्डरको आदेश नपाएकाले रिसलाई पचाइरहेका थिए।  

       छि राज्यका सेनापतिले लु राज्यका सेनाले कुनै प्रतिक्रिया नजनाएको देखेर फेरि तीन चोटि मादल बजाउन आदेश दिएका थिए। छि राज्यका सेनाले लु राज्यका सेना लडाईंदेखि डराएको भन्ठानेर शेखी देखाउंदै हमला शुरु गर्‍यो।

       यसै बखत छाउ क्वैले लु च्वाङ कुङलाई भनेः“अब जवाफी प्रहार गर्ने आदेश दिनुहुन्छ।“

      युद्ध मोर्चामा लु राज्यका सेनाले हमला गर्ने मादल बजाउन थाले । सिपाहींले निकै शुर्‍याईं देखाउंदै जाइलागे। उता छि राज्यका सेना यस्तो अवस्था आउनसक्ने कुराको सोच नै नगरेका कारण लु राज्यका सेनाको हमलाको प्रतिकार गर्न नसकी हार खाएर भागे।

यो लेखलाई तीन भागमा विभाजन गरिएको छ। तेस्रो भाग आगामी साता राखिने छ।