सभ्य, स्वस्थ र वातावरणमैत्री जीवनशैलीबाट स्वस्थ चीन रणनीतिलाई साकार गर्न सहयोग गर्छ
2022-04-06 15:16:55cri
Share with:

अप्रिल ७ तारिख विश्व स्वास्थ्य दिवस हो। विश्व स्वास्थ्य संगठनले चालू वर्षको विश्व स्वास्थ्य दिवसको मुख्य विषय सूची “हाम्रो पृथ्वी, हाम्रो स्वास्थ्य” तोकेको छ। विश्व स्वास्थ्य संगठनले हरेक मानिसले स्वच्छ हावा, स्वच्छ पानी र भोजन पाउनसक्ने संसारको पुनःनिर्माण गर्न आव्हान गरेको छ।

चीनले सभ्य, स्वस्थ, हरित र वातावरणमैत्री जीवनशैलीको प्रस्ताव गरेको छ। पैचिङ, शाङहाई, हनानआदि क्षेत्रहरूले सभ्य, स्वस्थ, हरित जीवन तरीकाको प्रचार-प्रसार गर्न श्रृंखलाबद्ध कार्यक्रमहरूको आयोजना गरिरहेका छन्।

विश्व स्वास्थ्य संगठनको अनुमान अनुसार, हरेक वर्ष विश्वमा १ करोड ३० लाख मानिसको दूषित वातावरणको कारणबाट मृत्यु हुने गर्दछ। सम्बन्धित अनुसन्धान प्रतिवेदनअनुसार, बङ्गलादेश सबैभन्दा गम्भीर प्रदूषण भएको मुलुक हो। भारतको नयाँ दिल्ली विश्वमा सबैभन्दा गम्भीर प्रदूषित राजधानी हो।

हाल वायु प्रदूषण नेपालको गम्भिर समस्या बनेको देखिन्छ। नेपालमा मोटरगाडीबाट धुँवा निष्काशन र उद्योगको प्रदूषणबाट सर्वसाधारणको स्वास्थ्यमा असर परेको छ। भविष्यमा नयाँ ऊर्जा स्रोतको मोटरगाडी र मोटरसाइकल नेपालमा प्रचार-प्रसार गरिने हो भने प्रदूषण घटाउन सकिन्छ।