अमेरिकाले अरूमाथि आफ्नो विचार लाध्ने काम रोक्नुपर्छ
2022-04-06 20:05:27CRI
Share with:

अमेरिकाले अरूमाथि आफ्नो विचार लाध्ने काम रोक्नुपर्छ। हाल नेपालका पूर्व महान्यायाधिवक्ता प्राध्यापक डा युवराज सङ्ग्रौलाले स्थानीय मिडियालाई रूस-युक्रेन संकटसम्बन्धी अन्तर्वार्ता दिँदै उक्त कुरा बताउनुभएको हो।


रूस-युक्रेन संकट सुरु भएको चालीस दिनयता अमेरिकाले स्थितिलाई शिथिल पार्ने कुनै पनि कार्य चालेको छैन तर हातहतियार उद्धार, प्रतिबन्धलगायत विभिन्न तरिकामार्फत स्थितिलाई अझ बिगारिरहेको छ। उक्त संकटको मूलको अनुसन्धान गरेपछि यस अवधिमा अमेरिकाको गतिबिधिबारे सजिलोसँग बुझ्न सकिन्छ। किनभने अमेरिकाले नै उक्त संकट चलाएको छ। सङ्ग्रौलाले प्रत्यक्ष रूपमा उल्लेख गर्नुभयो कि अमेरिकालगायत पश्चिमा मुलुकले रूस-युक्रेन संकट चलाएका छन्।

सभियत संघ पतन भएपछि अमेरिकाले आफूलाई शितयुद्धको विजयकका रूपमा राखेको थियो र लामो समयसम्म नेटोमार्फत पूर्वतिर विस्तार गरी रूसको विकास क्षेत्रलाई खुम्चयाउने काम गर्दै आएको छ। शितयुद्धको वस्तुका रूपमा रहेको नेटो शितयुद्धसँग इतिहासमा बसेको छैन तर अमेरिकाको नेतृत्वमा रही शिविर भिडन्त चलाउने सैन्य समूह बनेको छ। केही वर्षयता नेटोले युक्रेनलाई आफ्नो पक्षमा राख्न खोजेको छ र यसले रूसको रणनीतिक तल्लो रेखा छोएको छ।


यो मात्र होइन, हालसम्म अमेरिकाले अझै पनि उक्त संकटबाट आर्थिक तथा राजनीतिक लाभ उठाउन खोजेको छ भने संकटमार्फत अमेरिकी सैन्य उद्योगलाई धनी बनाउनुका साथै रूसलाई बदनाम गरिरहेको छ र अन्तमा आफ्नो प्रभूत्वलाई दृढ पारिरहनेछ।

हजुर, ती सबैको मूल अमेरिकाको प्रभुत्व विचार हो। संयुक्त राष्ट्र संघको तथ्याङ्क अनुसार, रूस-युक्रेन संकट भएपति २२ लाख युक्रेनी सर्वसाधारणले घर छोडेका छन् भने भविष्यमा उक्त संख्या ४० लाख नाघ्ने संभावना छ। तर यो संख्या नै अमेरिकी प्रभुत्व विचारबाट जन्मिएको सानो अंश हो। सङ्ग्रौलाका अनुसार, यदि इतिहासबारे अनुसन्धान गर्ने हो भने अमेरिकाको नेतृत्वमा रहेको पश्चिमाले भियतनाम, युगोस्लाभियाको बेलग्रेड, इराक, लिबियालगायत धेरै क्षेत्र पुगेको छ र ती सबै ठाउँमा युद्ध चलाएको छ। अर्को तथ्याङ्क अनुसार, समस्त विश्वमा बेलायत र अमेरिकाबाट चलाइएको युद्धको कारण घर छोडेको, शरणार्थी बनेको र बेपत्ता भएकाको संख्या ३ करोड ८० लाख नाघेको छ।


यति ठूलो संख्या समक्ष अमेरिकाले तत्कालै एकपक्षीयवाद र प्रभुत्व विचार त्यागेर विश्वलाई संयुक्त विकास गर्नुपर्छ। सङ्ग्रौलाले भन्नुभए झैँ अमेरिकाले अरूलाई आफ्नो विचार लाध्ने काम रोक्नुपर्छ। सबैले एक पक्षीय नभई बहुपक्षीयवाद चाहेको छ भन्ने कुरा अमेरिकाले हेक्का राख्नुपर्छ।