अमेरिका नै विश्वको सबैभन्दा ठूलो अराजकता निर्माणकर्ता
2022-04-07 20:27:51cri
Share with:

अमेरिकी सम्बन्धित विभागले हालै चीनको थाइवान क्षेत्रलाई ९ करोड ५० लाख अमेरिकी डलरको क्षेप्यास्त्र प्रविधि सहायता परियोजना दिने निर्णय गरेको छ। यो यस चरणको अमेरिकी सरकार नियुक्त भएपछि थाइवानलाई हतियार बिक्री गर्ने तेस्रो पटक हो। जसबाट अमेरिकाको अरु क्षेत्रलाई अराजक बनाउने कुचेष्ठा देखिन्छ।

वास्तविकताबाट स्पष्ट देखिन्छ : वर्तमान थाइवान क्षेत्रका सामु नयाँ चर्को परिस्थिति देखिन्छ भने यसको कारण थाइवान क्षेत्रको सत्तारुढ पार्टीले “अमेरिकामा भर परेर स्वतन्त्रताको खोजी ” गर्ने कुचेष्ठा लिएको स्पष्ट हुन्छ। साथै केही अमेरिकीहरुले “थाइवानलाई अवसर लिँदै चीनलाई नियन्त्रणमा राख्ने” विचार लिँदै पटक पटक थाइवानलाई हतियार बिक्री गरेका छन्। जसले स्पष्ट प्रमाणित गर्छ कि अमेरिका नै विश्वमा अराजकता सिर्जना गर्ने सबैभन्दा ठूलो शक्ति हो।


विश्वमा एउटै मात्र चीन छ भने थाइवान चीनको एक भूभाग हो। यो एक अपरिवर्तनीय ऐतिहासिक र कानुनी तथ्य हो। ताइवानको सुरक्षा अमेरिकाबाट हतियार खरिदमा होइन मातृभूमिसँगको सम्बन्धको शान्ति विकासमा निर्भर छ। चीनले बलियो तथा शक्तिशाली कदमले विदेशी हस्तक्षेप शक्तिको कडा विरोध गर्दै जानेछ।