स्युङ आन नयाँ क्षेत्र स्थापना भएको पाँचौ वार्षिकोत्स
2022-04-07 09:11:22cri
Share with:


   सन् २०१७ को अप्रिल एक तारिख स्युङ आन नयाँ क्षेत्र स्थापना भएको थियो। पाँच वर्षयता यहाँ एक “सेतो कागज”बाट वर्तमान बनजङ्गल जस्तै भवनहरु देखिन्छन्। पैचिङ्गको गैर-राजधानी क्षमता बहन लिएको यस क्षेत्रले राष्ट्रको हजारौ वर्षीय योजनालाई व्यवहारमा उतारिरहेको छ। पाँच वर्षको निर्माणमा यस क्षेत्रको यातायात विकसित भएको छ। पारम्परिक सम्पर्क मार्ग सञ्जालले यस क्षेत्रको ठूलो परिमाणको निर्माण र पैचिङ, थ्यान चिन, ह पै प्रान्तबीचको यातायात नेटवर्कका लागि शक्तिशाली समर्थन दिन्छ।

     स्युङ आन नयाँ क्षेत्रको हाइ यु सडक पूर्वीबाट पश्चिमसम्म जाने एक परिदृश्य हब हो। यस सडकको कूल लम्बाई १४.७ किलोमिटर छ भने यसको डिजाइन गति प्रतिघन्टा ६० किलोमिटर छ। साथै यस सडक पैचिङ र स्युङ आन क्षेत्रबीचको उच्च गति मार्गसँग जोडिन्छ भने पैचिङ स्युङ आन उच्च गतिमार्गबाट स्युङ आन नयाँ क्षेत्रमा प्रवेश गर्ने मुख्य मार्ग हो। सञ्चालनमा आएको हाइ यु सडकले स्युङ आन क्षेत्रलाई पैचिङको गैर राजधानी क्षमता बहन लिनका लागि आवश्यक सेवा प्रदान गर्दछ।


  सन् २०२० डिसेम्बर २७ तारिख पैचिङ् स्युङ आन इन्टरसिटी रेलवे सञ्चालनमा आएको छ। प्रतिदिन  १३  जोडी पैचिङ् स्युङ आन इन्टरसिटी रेलहरु यी दुबै क्षेत्रमा सञ्चालित छन्।

     स्युङ आन नयाँ क्षेत्रको पहिलो प्रतिष्ठित शहरी क्षेत्र स्युङ आन वाणिज्य मामिला सेवा केन्द्र हो। हाल यस क्षेत्रमा ३ हजार व्यक्ति राख्नसकिने प्रदर्शनी केन्द्र सञ्चालनमा आएको छ भने स्युङ आन नयाँ क्षेत्रको अतिथि स्वागत क्षेत्र बनेको छ। गत मार्गको अन्तमा वाणिज्य मामिला सेवा केन्द्रको २ लाख २० हजार वर्गमिटर क्षेत्रफलको चार भवनको निर्माण औपचारिक रुपमा सम्पन्न भयो। यी चार भनवहरुले वाणिज्य कार्य र सेवायुक्त अपार्टमेन्टको आवश्यकतालाई पूरा गर्ने छन्। यस वाणिज्य सेवा केन्द्रमा पाँच तारे होटल, विशेषज्ञ अपार्टमेन्ट, किन्डरगार्डेन, केन्द्रीकृत व्यवसाय र भूमिगत कोरिडोरहरू, आदि बन्दोबस्त गरिनेछ। भविष्यमा सम्पूर्ण व्यापार सेवा केन्द्रले यहाँ काम गर्न र बस्नको लागि २० हजारभन्दा बढी मानिसहरूलाई समायोजन गर्न सकिन्छ।