जटिल विश्वमा पैचिङ हिउँदे ओलम्पिक भावना स्पष्ट र मूल्यवान
2022-04-08 19:38:36cri
Share with:

“चिनियाँहरुले विश्वका विभिन्न मुलुकका जनतासँगसँगै विभिन्न कठिनाइ तथा चुनौतिको सामना गरेर इतिहासमा एक सफल ओलम्पिक खेलकूद‍ सिर्जना गरेका छन्। यसबाट ओलम्पिकको भव्य भावनाको सँयुक्त उपभोग्य भएको छ।” अप्रिल ८ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङ हिउँदे ओलम्पिक तथा हिउँदे पाराओलम्पिक खेलकुदको पुरस्कार समारोहमा महत्वपूर्ण सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार चीनले चौतर्फी रुपमा अन्तर्राष्ट्रिय समाजसमक्ष गरेको गम्भीर बचनबद्धतालाई साकार तुल्याएको छ भने विश्वका लागि एक सफा, सुरक्षित र सफल ओलम्पिक समारोह प्रदर्शन गरेको छ।

  

पैचिङ हिउँदे ओलम्पिक तथा हिउँदे पारा ओलम्पिक खेलकुदको अवसरमा विश्वव्यापी महामारी परिस्थिति निकै जटिल थियो। चीनले महामारी रोकथाम परीक्षण पार गर्ने छ कि छैन भन्नेमा विश्वले हेरिरहेको थियो। चीनले एक योग्य जवाफ हस्तान्तरण गरेको छ। प्रतिस्पर्धाको अवधिमा कोभिड सक्रमण दर ०.४५ प्रतिशत मात्र थियो र सबै पोजेटिभ व्यक्तिहरूले प्रभावकारी उपचार र राम्रो हेरचाह पाएका थिए। जसबाट विश्वको महामारी रोकथाम र अन्तर्राष्ट्रिय महत्वपूर्ण कार्यक्रमका लागि हितकर अनुभव सिर्जना गर्दछ। यसले चिनियाँ जनताको कठिनाइ र जोखिमलाई जित्ने अदम्य भावना पनि देखाउँछ।


वास्तविकताबाट फेरि पटक प्रमाणित भएको छ कि चिनियाँहरुले ‌ओलम्पिक खेलकूदको विकासलाई प्रवर्द्धन गर्ने इच्छा तथा अठोट छ। चीनले विश्वव्यापी जनताको मित्रता तथा एकताबद्धलाई प्रवर्द्धन गर्नका लागि अझ ठूलो योगदान सिर्जना गर्दै जानेछन्।