फ्रान्सेली पाक कला विज्ञ र उनकी चिनियाँ श्रीमतीबीचको कथा
2022-04-08 11:05:14cri
Share with:


 

फ्रान्सेली आन नाउनाउ पाक कला विज्ञ हुन्। उनलाई चीनको खाना संस्कृति मन पर्छ। उनी फ्रान्सेली र चिनियाँ खानाको अनुसन्धान गर्न मन पराउँछन्। चीनमा बसोबास गरेको दश वर्षमा उनको सपना साकार भएको छ।

 

आन नाउनाउको जन्मथलो दक्षिणी फ्रान्सको प्रोभेन्सको नजिकैको ओकीटानीमा पर्दछ। उनको जन्मथलोमा अंगुर वाइन, चिज, ससेज, महको मुख्यतःउत्पादन गरिन्छ। आन नाउनाउका धेरै दाजु-भाइ र दिदी-बहिनी छन्। त्यसैले पाँच वर्षको उमेरदेखि नाउनाउले भान्सामा आमालाई सहयोग गरेका थिए। योसँगै नाउनाउले खानाप्रति चासो लिन थालेका थिए।

 

खाना पकाउनुबाहेक, आन नाउनाउको धेरै काम छ। चीन आएपछि उनले खाना ब्लग खोले। साथै उनले विभिन्न सांस्कृतिक कार्यक्रममा भाग लिए। चीनमा उनका फ्यानहरू अझै धेरै बढ्दैछ। त्यसले उनीमाथि दबाव पनि अझै धेरै बन्दैछ। उनी भन्छन् “चिनियाँहरूले पश्चिमी खानाप्रति चासो लिन्छन् र पश्चिमको जीवनशैलीप्रति चासो लिन्छन्। त्यसैले मैले चीनबाट धेरै मौका पाएँ। हाल अझै धेरै खाना ब्लगर छन्, मेरो लागि एक चुनौती हो।”

 

नाउनाउ आत्मविश्वासले भरिएको छ। उनकाअनुसार, आफू र अरु खाना ब्लगरहरूबीचको सबैभन्दा ठूलो भिन्नता के हो भने उनले फ्रान्स र चीनको खाना संस्कृतिबारे गहिरो जानकारी लिएका छन्। उनी भन्छन् “सर्वसाधारणलाई मन पर्ने स्वादबारे जानकारी लिन निकै महत्वपूर्ण छ। म चीनका धेरै ठाउँहरू गएको छु। पश्चिमा खानाप्रति चिनियाँहरूको चाहना मैले थाहा पाएँ। मैले चीनको विभिन्न क्षेत्रमा पश्चिमा खानाबारे प्रचार-प्रसार गर्ने आशा लिएको छु।”

 

सन् २०२२ मा नाउनाउ चीन आउनुभएको दश वर्ष पुगेको छ। उनले चीनमा जीवन साथी पनि पाएका छन्। हाल उनीहरूको दुई बच्चा छन्।

 

तपाईँले सुन्नुभएको यो गीत नाउनाउले बच्चाहरूका लागि रचेका हुन्। यो गीतको बोल “शुभ रात्री” हो।

 

हाल चीन नाउनाउको दोस्रो जन्मथलो बनेको छ। चिनियाँ युवतीको श्रीमानको हैसियतमा उनले चिनियाँहरूको मेहनतबारे धेरै जानकारी पाएका छन्। हालैका वर्षहरूमा चीनमा भएको परिवर्तन र विकास देखेर उनलाई अचम्म लागेको छ। उनले आफ्नो प्रयासमार्फत चिनियाँहरूको खुशीयाली र स्वस्थ जीवनशैलीको प्रचार-प्रसार गर्ने आशा लिएका छन्। उनी भन्छन्

 “चिनियाँ केटीको श्रीमान बन्नपाएकोमा मलाई राम्रो लागेको छ। किनभने चिनियाँहरूलाई म आधा चिनियाँ हुँ भन्ने वास्तविकता थाहा छ। म चिनियाँहरू के खाना पर्छ र खुशी भए नभएको कुरामाथि ध्यान दिन्छु। मैले पनि चीनको वातावरणीय संरक्षणमाथि ध्यान दिएको छु। हामीले चीनको राम्रोसँग संरक्षण गर्नुपर्छ। चीन सुन्दर मुलुक हो।”