पैचिङ हिउँदे ओलम्पिक तथा हिउँदे पाराओलम्पिक खेलकुदको पुरस्कार समारोह आयोजित
2022-04-08 16:09:28CRI
Share with:

पैचिङ हिउँदे ओलम्पिक तथा हिउँदे पाराओलम्पिक खेलकुदको पुरस्कार समारोह ८ तारिख जनबृहत् सभाभवनमा आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष र सैन्य आयोगका अध्यक्ष सी चिनफिङले उक्त समारोहमा सम्बोधन गर्नुभएको छ। 

 

उहाँले आफ्नो सम्बोधनमा ७ वर्षको प्रयासमा पैचिङ हिउँदे ओलम्पिक तथा हिउँदे पाराओलम्पिक खेलकुद सफलताका साथ आयोजना गरिएको बताउँदै यसबाट चिनियाँ जनताले लिएको ओलम्पिक खेलकुदको विकासलाई उकास्ने, विश्व जनताको एकता तथा मित्रतालाई बढाउने इच्छा र अठोट तथा अझ ठूलो योगदान दिने क्षमता र उत्साहको पुनः एकपटक पुष्टि भएको औँल्याउनुभयो। 

राष्ट्राध्यक्ष सीले खेलकुदको तयारी तथा आयोजन प्रक्रियाको समीक्षा गर्दै बहुमूल्य अनुभवको सार संक्षेप प्रस्तुत गर्नुभएको छ।

 

पहिलो, पार्टीको केन्द्रीकृत र एकीकृत नेतृत्व। दोस्रो, ठूलो कार्यमा ध्यान केन्द्रित। तेस्रो, सक्रिय रूपमा विविध चुनौती तथा जोखिमको प्रतिरोध तथा सामना। चौथो, प्रतियोगिताको आयोजना सँगसँगै संयुक्त रूपमा जनताको सेवा र विकास स्तर पनि बढाइएको छ।

 

पुरस्कार समारोहमा पार्टी केन्द्रिय समिति र चिनियाँ राज्य परिषदले १४८ वटा समूहलाई “पैचिङ हिउँदे ओलम्पिक तथा हिउँदे पाराओलम्पिक खेलकुदका लागि उत्कृष्ठ योगदान समूह” मानार्थ सम्मान दिनुका साथै १४७ जना व्यक्ति र हालसालै निधन भएका तङ स्याउलाङलाई “पैचिङ हिउँदे ओलम्पिक तथा हिउँदे पारा ओलम्पिक खेलकुदका लागि उत्कृष्ठ योगदान व्यक्ति” मानार्थ सम्मान दिएको छ।