हिमालयको संरक्षणमा चीन र नेपाल
2022-04-08 11:26:24cri
Share with:

हालै हिमालय सम्बन्धि एक समाचार चीनको सामाजिक सञ्जाल वइपोको टप समाचार सूचीमा प्रवेश गरेको थियोः नेपाली सेनाको नेतृत्वमा तीन पर्वतारोहण टोलीले अप्रिल ६ तारिखदेखि सगरमाथालगायत चार हिमालको सफाई अभियान सुरू गरेको छ।

हिमालय हाम्रो पृथ्वीमा प्रारम्भिक कालदेखि प्राकृतिक अवस्थामा रहिरहेको क्षेत्रहरूमध्येको एक हो र यहाँको पर्यावरणीय अवस्था निकै कमजोर भएकोले यसको विनाश गरियो भने जिर्णोद्धार तथा पुनःनिर्माण गर्न एकदमै गाह्रो हुने छ।

बितेका वर्षहरूमा हिमालय पर्वतमालामा पर्वतारोहण गतिविधि दिनप्रतिदिन बढ्दै गइरहेकोले पर्वतारोहण रूटमा फोहोर मैलाको थुप्रो पनि बढ्दैगइरहेको छ। पर्वतारोहीहरूले हिमालयला विश्वमा सबैभन्दा अग्लो फोहोर मैदानको रूपमा लिने गरेका छन्।

हिमालय क्षेत्रमा रहेको फोहोरला सफाइ गर्न सन् २०१९ देखि नेपाली सेनाले हिमालको सफाई अभियान सुरू गरेको छ र सोही वर्ष हिमालबाट १० टन र सन् २०२१ मा २७.६ टन फोहोर संकलन गरिएको थियो। चालू वर्ष संकलन गरिने फोहोर ३५ टन हुने अनुमान गरिएको छ।

वास्तवमा  हिमालयको सुरक्षा गर्न नेपाल मात्रै होइन, हिमालयको उत्तरपट्टि रहेको चीनले पनि यो पृथ्वीको तेस्रो ध्रुवको पर्यावरणीय संरक्षणमाथि ध्यान दिँदैआएको छ । सन् १९९४ मा चीनले सगरमाथा प्रकृति कोषको स्थापना गरेको छ, जसको उद्देश्य सगरमाथावरिपरि अति उच्च पहाडी पर्यावरणीय प्रणाली, पहाडी वन पर्यावरणीय प्रणाली, झाडी र घाँसेमैदान पर्यावरणीय प्रणालीको संरक्षण गरी जैविक विविधताको  संरक्षण गर्नु हो।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सगरमाथा प्रकृति कोष रहेको छिङहाई-तिब्बत पठारभूमिको पर्यावरणीय संरक्षणमाथि सधैँ महत्त्व दिँदैउभएको छ। उहाँका अनुसार, छिङहा-तिब्बत पठारभूमिको पर्यावरणीय संरक्षण चीन र एसियासँग मात्र सम्बन्धित नभई विश्वको प्राकृतिक पर्यावरणी प्रणालीको पनि अभिन्न भाग हो। राष्ट्राध्यक्ष सीले चीनले ठूलो देशको रूपमा दायित्व वहन गर्नुपर्ने कुरामा जोड दिनुभएको छ। सन् २०१८ देखि चीनले सगरमाथा प्राकृतिक कोषको ५,२०० मिटरभन्दा माथि समुन्द्री सतहमा ८.४ टन फोहोर र ५,२०० मिटरभन्दा मुनि समुन्द्री सतहमा ३३५ टन फोहोर संकलन गरी उठाएको थियो।

चीन र नेपालले सधैँ नै हिमालयको संरक्षण गरिरहेका छन्, दुई मुलुकको मित्रताको प्रतीकको संयुक्त रुपमा संरक्षण गरिरहेका छन्। सन् २०२० डिसेम्बर ८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर भएको संयुक्त रुपमा घोषणा गर्नुभएको थियो। दुई मुलुकका नेताहरू चीन र नेपालको मित्रताको नयाँ उचाइको साक्षी बन्नुभएको थियो।

हिमालय चीन र नेपालको मित्रताको प्रतीक र साझा सम्पत्ति हो साथै विश्वको मूल्यवान स्रोतसाधन पनि हो। चीन र नेपालले इतिहासका लागि जिम्मा लिने, जनताका लागि जिम्मा लिने, संसारका लागि जिम्मा लिने धारणालाई कायम राखेर हिमालयको संयुक्त रुपमा संरक्षण गरिरहेको छ।