महामारीको सामना कुनै सानो कुरा होइनः सी चिनफिङ
2022-04-08 15:52:42CRI
Share with:

हाल चीनमा कोभिड संक्रमितहरूको संख्या द्रुत गतिले बढ्दै गइरहेको छ र महामारी नियन्त्रण अवस्था जटिल र गम्भीर देखिन्छ। महामारी देखा परेयता, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पटक पटक गरी सम्बोधन वा श्रृंखलाबद्ध आदेश दिँदै सर्वसाधारणको ज्यानको सुरक्षा तथा स्वास्थ्यलाई प्रथम स्थानमा राख्न जोड दिने गर्नुहुन्छ। यस सम्बन्धमा उहाँको भनाइमा उल्लेखित मुख्य शब्दहरू हेरौँ।

एक, सर्वसाधारणको ज्यानलाई सर्वोच्च स्थानमा राख्नु

सन् २०२० को सेप्टेम्बरमा आयोजित महामारी प्रतिरोधी पुरस्कार वितरण समारोहमा राष्ट्राध्यक्ष सीले सम्बोधन गर्दै यसरी भन्नुभयोः महामारी भावबिनाको भए तापनि मानिसहरूसँग माया ममता हुन्छ। मानिसहरूको ज्यान सबैभन्दा मूल्यवान भएकोले गुमाएपछि फेरि फर्किँदैन।

दुई, तल्लो रेखाको विचार

सन् २०२० को अप्रिलमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरो सम्मेलनमा राष्ट्राध्यक्ष सी चिनफिङले यसरी भन्नुभयोः अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको गम्भीर महामारी अवस्था तथा जटिल आर्थिक परिस्थितिको सामना गर्दै हामीले लामो समयसम्म बाह्य परिवर्तित वातावरणको सामनाको तयारी गर्नुपर्छ।

तीन, डायनामिक दृष्टिकोण लिएर संक्रमित संख्यालाई सून्यमा झार्नु

सन् २०२२ को मार्चमा राष्ट्राध्यक्ष सीले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको बैठकमा सम्बोधन गर्दै यसरी भन्नुभयोः हामीले सधैँ नै जनता तथा जीवनलाई प्राथमकिता दिनुपर्छ। महामारीको प्रतिरोध गर्दा सटिक लक्ष्य लिएर वैज्ञानिक तवरले नियन्त्रण गर्नुपर्छ र डायनामिक दृष्टिकोण लिएर संक्रमित संख्यालाई चरणबद्ध रूपमा सून्य झार्नुपर्छ। जसबाट महामारीको नियन्त्रणलाई तीव्र गर्न सकिन्छ।

चार, वैज्ञानिक तरिकाबाट समस्याको समाधान गर्नु

सन् २०२२ को मार्चमा राष्ट्राध्यक्ष सीले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको बैठकमा सम्बोधन गर्दै यसरी भन्नुभयोः सटिक लक्ष्यसहित वैज्ञानिक तरिकामार्फत् महामारीको प्रतिरोध कामलाई सुधार गर्नुपर्छ। साथै भ्याक्सिन, छिटो पीसीआर जाँच र सम्बद्ध उपचार औषधिको अनुसन्धान र विकासलाई गतिशील पार्नुपर्छ।

पाँच, रणनीतिलाई निरन्तरता दिनु

सन् २०२२ को मार्चमा राष्ट्राध्यक्ष सीले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको बैठकमा सम्बोधन गर्दै यसरी भन्नुभयोः महामारीको प्रतिरोध तथा नियन्त्रण एवम् आर्थिक सामाजिक विकास बीचको सन्तुलनलाई कायम राख्नुपर्छ। प्रभावकारी कदम चाल्दै सबैभन्दा कम मूल्यमा सबैभन्दा ठूलो प्रभाव पाउन प्रत्याभूति दिनुपर्छ र सकेसम्म सामाजिक विकासमा महामारीको प्रभावलाई कम पार्नुपर्छ।