अन्तर्राष्ट्रिय दुर्लभ जनावरको संरक्षणमा मनाइने दिवस
2022-04-08 14:25:48CRI
Share with:

आज अप्रिल ८ तारिख, अन्तर्राष्ट्रिय दुर्लभ जनावरको संरक्षण दिवस हो। मानिस र प्रकृति बीचको सम्बन्धमा जनावर पनि मानवजाति बस्ने प्राकृतिक वातावरणको एक महत्त्वपूर्ण भाग हो। पृथ्वीमा मानवजाति र जनावर बराबर छन्।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्ताव गर्नुभएको चीनको पर्यावरणीय सभ्यताको निर्माण विचारधारामा मानिस र प्रकृतिको सामञ्जस्यपूर्ण सहअस्तित्व रहेको र यसको पालना गर्न जरूरी भएको व्यक्त गरिएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले सन् २०१५ मा जिम्बाब्वेको वन्यजन्तु उद्धार आधारको भ्रमण गर्नुभएको थियो। सो अवसरमा सीले चीन र अफ्रिकी देशका सरकार र जनताले वन्यजन्तु संरक्षणलाई उच्च महत्त्व दिएको र चीनले वन्यजन्तु संरक्षणको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगलाई निरन्तरता दिने बताउनुभएको थियो। यी फोटोहरू सोही भ्रमण बेलाका हुन्।

वन्यजन्तुलाई दुःख नदिनुहोस्, हानि नगर्नुहोस्, हामी उनीहरूसँगै मिलेर बसौँ।