एशिया कप फुटबल खेलका लागि पैचिङ श्रमिक खेलमैदान पुनर्निर्माण हुँदै
2022-04-09 18:35:51cri
Share with:

      सन्२०२३ जुनदेखि जुलाईसम्म एसिया कप फुटबल खेलको उद्घाटन तथा समापन समारोह र फाइनल खेलको सञ्चालन गर्ने पैचिङ श्रमिक खेलमैदानको पुनर्निर्माण परियोजना सुचारु रुपमा भैरहेको छ। अप्रिल ८ तारिख पैचिङको शहरी महत्वपूर्ण परियोजना निर्माण निर्देशन कार्यालयले उक्त कुरा जानकारी दिएको हो। हाल यस परियोजनाका उज्जालो विन्दूहरुमध्ये एकको रुपमा नयाँ थपिने छतको इस्पात संरचना सम्पूर्ण रुपमा खेलमैदान माथि देखापरेको छ। नयाँ श्रमिक खेलमैदानको निर्माण सन् २०२२ डिसेम्बरमा चौतर्फी रुपमा सम्पन्न हुनेछ।