हिउँदे ओलम्पिक खेलकुद अवधिमा कोरोना महामारीको प्रभाव नियन्त्रित
2022-04-11 09:17:50cri
Share with:



 

पैचिङ हिउँदे ओलम्पिक खेलकुद संयोजन समितिले हाल अनलाइनमार्फत पत्रकार सम्मेलनको आयोजना गरी हिउँदे ओलम्पिक खेलकुदको तयारी अवस्था र विभिन्न क्षेत्रको ध्यानमा रहेका प्रश्नहरुको उत्तर दिएको छ। कोरोना महामारी स्थितिबारे संयोजन समितिका सम्बन्धित व्यक्तिले महामारीको प्रतिरोधात्मक कदम सुचारु रुपमा चालेका छन् र समग्र स्थिति नियन्त्रित रहेको जानकारी दिनुभएको छ।

 

कोरोनाबाट परिणत ओमिक्रोन भाइरसको फैलावट स्थितिलाई लक्षित गर्दै पैचिङ हिउँदे ओलम्पिक खेलकुद संयोजन समितिको महामारी प्रतिरोध र नियन्त्रण कार्यालयका उप-प्रमुख ह्वाङ छुन त्यसलाई ध्यानाकर्षण दिइरहेको जानकारी दिँदै भन्नुहुन्छ,

ओमिक्रोन विश्वमा तिब्र गतिले फैलिरहेको छ। चीनका केही क्षेत्रमा पनि ओमिक्रोन देखा परेको छ। पैचिङ हिउँदे ओलम्पिक खेलकुद संयोजन समितिले महामारी प्रतिरोधका लागि यस अघि तर्जुमा गरेका पुस्तिका र कदमहरु अहिलेसम्म सुचारु रुपमा अपनाइएका छन्। समग्र स्थिति नियन्त्रित छ। हाम्रा चिकित्सा टोली, महामारी प्रतिरोध टोली र विशेषज्ञले ओमिक्रोनका फैलावट र जोखिमलाई ध्यान दिँदै निरन्तर रुपमा स्थितिको मूल्याङ्कन गर्दै आएका छन्।

 

हिउँदे ओलम्पिक खेलकुदको अवधिमा सम्बन्धित व्यक्तिहरुलाई महामारीको प्रतिरोधका लागि गम्भिर रुपमा व्यवस्थापन गरिने छ। ठूलो परिमाणको महामारी देखा परे मात्रै वर्तमान नीति र हिउँदे ओलम्पिक खेलकुदको कार्यसूचीमा ठूलो परिवर्तन हुनसक्ने ह्वाङ छुनले जोड दिनुभयो।

 

चालु वर्षको जनवरी ४ तारिखदेखि हिउँदे ओलम्पिक खेलकुदका केही संरचनाहरु प्रतियोगिताअघिको संचालन अवधिमा प्रवेश गर्न शुरु भएका छन्, तीमध्ये पैचिङ प्रतियोगिता स्थलमा रहेको मुख्य प्रेस केन्द्र र चाङ च्या खौ प्रतियोगिता स्थलमा रहेको प्रेस केन्द्र समावेश छन्। पैचिङ हिउँदे ओलम्पिक खेलकुद संयोजन समितिको प्रेस विभागका प्रमुख श्वी ची छङका अनुसार, अहिलेसम्म कम्तीमा ९ वटा सञ्चार माध्यम मुख्य प्रेस केन्द्रमा आएका छन् भने १ हजार ५ सय पत्रकार र प्रसारक पैचिङ आइपुगेका छन्। उनीहरुको मुख्य काम प्रविधिको तयारी गर्नु हो। उहाँ भन्नुहुन्छ,

उनीहरुले विभिन्न रंगशाला गएर सुचारु रुपमा प्राविधिक काम गरेका छन्। मुख्य प्रेस केन्द्रको संचालन पनि राम्रो छ। शटल बस पनि सामान्य भएको छ। सञ्चार माध्यमहरुले पैचिङ आएपछि अरु बढी चिनजान प्राप्त गरेका छन्। मेरो विचारमा परीक्षण संचालन अघि बढ्ने क्रममा अवस्था अझ सुधार हुने छ।

 

श्वी ची छङका अनुसार, सञ्चार माध्यम हिउँदे ओलम्पिक खेलकुदको सबैभन्दा ठूलो ग्राहक हो। अहिलेसम्म दर्ता गरिएको र विमान टिकट मगाउने सञ्चारकर्मीको संख्या करिब दश हजार पुगेको छ। प्रेस विभागले आयोजक शहरको करार र सम्पन्न सम्झौता बमोजिम सञ्चार माध्यमहरुलाई सबैभन्दा पेशागत सेवा प्रदान गर्नेछ।

 

हिउँदे ओलम्पिक खेलकुद सम्बन्धी यातायातको संचालन पनि एउटा महत्वपूर्ण भाग हो। यदि हिउँदे ओलम्पिक सम्बन्धी मोटर-गाडी दुर्घटना भएमा त्यसको सामना प्रक्रिया पनि धेरै पटक पूर्व अभ्यास गरिएको छ। दुर्घटनामा घाइतेहरुको उपचारबारे चर्चा गर्दा ह्वाङ छुनले पैचिङले विशेष गरी यस्तै किसिमको स्थितिको सामना गर्ने छ। रंगशालाहरुको छेउमा पैचिङ र चाङ च्या खौ प्रतियोगिता स्थलले केही एम्बुलेन्स मिलाउने छन्, घाइतेहरुलाई समयमै उपचार गरिने छ। उहाँ भन्नुहुन्छ,

गम्भिर अवस्थामा तत्स्थानका चिकित्सकले घाइते व्यक्तिलाई जरुरी उपचार गर्नुका साथै एम्बुलेन्स पर्खने छन्। यदि यातायात दुर्घटना भएमा नागरिकहरु दुर्घटना स्थलबाट टाढा रहनुपर्छ। त्यस्ता ठाउँमा भीडभाड गर्नुहुँदैन। जुन सबैका लागि उपयोगी हुन्छ।