राष्ट्राध्यक्ष सी चिनफिङद्वारा या चौ खाडी बीउ प्रयोगशालाको निरीक्षण
2022-04-11 14:59:49cri
Share with:

 

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल १० तारिख हाइ नान प्रान्तको सान या शहरमा अवस्थित या चौ खाडी बीउ प्रयोगशाला तथा चीनको समुद्र विश्वविद्यालय अन्तर्गत सान या समुद्र अनुसन्धान प्रतिष्ठानको निरीक्षण गर्नुका साथै हाइ नानले बीउ व्यवसायको सिर्जनशीलतालाई गरेको समर्थन र सामुन्द्रिक विज्ञान प्रविधिको विकास अवस्थाबारे गहन रूपमा जानकारी लिनुभएको छ।

 

हाइ नान चीनको कृषि क्षेत्रको महत्त्वपूर्ण बीउ हुर्काइने अखडा हो। हरेक वर्षको हिउँद र वसन्त ऋतुमा हजारौँ वैज्ञानिक र प्राविधिज्ञहरूले देशका विभिन्न स्थानबाट त्यहाँ पुगेर बीउ हुर्काउने काम गर्ने गर्दछन्।