सहरबीचको ठूलो व्यापारिक मलमा पाण्डा
2022-04-11 20:57:07CRI
Share with:

सहरबीचको ठूलो व्यापारिक मलमा पाण्डा # नेपालीको आँखामा चीन

के तपाईँलाई थाहा छ? पाण्डाले पृथ्वीमा कम्तीमा असी लाख वर्ष बिताइसकेको छ। निकै नै ‘क्यूट’ देखिने पाण्डाको जन्मथलो चीन हो। यसको मुख्य बसोबास क्षेत्र चीनको स छ्वान, पल्लो शान सी तथा कान सु प्रान्तको पहाडी क्षेत्रहरू हुन्। साथै पाण्डालाई चीनको राष्ट्रिय खजाना मानिन्छ।

यसबाहेक, चीनमा जताततै यो पाण्डाको आकृति देख्नपाइन्छ। भर्खरै सम्पन्न बेइजिङ हिउँदे ओलम्पिकको मस्कट पिङ तुनतुन पनि पाण्डा नै थियो। चिनियाँ समाज, संस्कृतिदेखि कूटनीतिसम्म पाण्डाको प्रयोग भएको पाइन्छ। व्यापार प्रवर्द्धन क्रममा पनि पाण्डाको निकै प्रयोग गरेको देखिन्छ।

बेइजिङको एउटा मलमा अचानक भेटिएको पाण्डालाई यो भिडियोमा कैद गरेको छु।

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/