#अल्पसंख्यक जाति# लोपा जातिको जीवनमा नयाँ परिवर्तन
2022-04-12 19:18:11CRI
Share with:

लोपा जाति चीनका अल्पसंख्यक जातिहरूमध्येको एक हो। यो जाति मुख्यतः चिनियाँ तिब्बत स्वायत्त प्रदेश शाननान र लिनच क्षेत्रमा बस्दछन्। चालू वर्ष चिनियाँ राष्ट्रिय जन काँग्रेसअन्तर्गत तिब्बत स्वायत्त प्रदेश प्रतिनिधि-मण्डलमा एकजना लोपा जातीय प्रतिनिधि पनि हुनुहुन्छ। उहाँको नाम चासी च्याङछुन हो। धेरै वर्षअघि उच्च शिक्षा आर्जनका लागि उहाँ पहाडी क्षेत्रबाट बाहिर निस्केर पैचिङ पुग्नुभएको थियो। हाल दर्जनौँ वर्षपछि उहाँ स्थानीय बासिन्दाको प्रतिनिधित्व गर्दै दुइटा अधिवेशनमा भाग लिनुहुन्छ। उहाँले सर्वसाधारणको जिम्मेवारीपूर्वक प्रतिनिधित्व गर्नका लागि सधैँ बस्ती-गाउँमा पुगेर त्यहाँको अवस्था बुझ्नुहुन्छ। केही वर्षअघिसम्म यु तौ बस्तीबाट जिल्ला पुग्ने ९० किमीको बाटोमा हिँड्न निकै गाह्रो थियो। त्यसपछि प्रतिनिधि चासी च्याङछुनले आधारभूत प्रबन्धको सुधारसम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो। सन् २०१९ मा तिब्बत चौतर्फी रूपमा गरिबीबाट मुक्त भएदेखि त्यहाँ जल, विद्युत, बाटो, सञ्चार र बसोबासलगायत आधारभूत प्रबन्धमा राम्रो सुधार भएको छ।

 “पहिले तिब्बतमा घरआवासहरू माटो र काठबाट बनाइन्थ्यो। हाल हाम्रा घरआवास प्रचलित सिमेन्टबाट बनाइएको फ्रेम संरचना हो। सबैभन्दा खुशी कुरा के हो भने, पहिला गाउँमा शौचालयको ज्यादै असुविधा थियो। हाल हरेक आवासमा शौचालय छ।”

आधारभूत प्रबन्धको सुविधा भएपछि सर्वसाधारणलाई अझै धनी बनाउनका लागि चासीले पर्यटन उद्योगको विकास गर्ने राम्रो उपाय प्रस्तुत गर्नुभएको छ।

 “हाल २१९ नम्बरको राष्ट्रिय मार्ग हाम्रो बस्तीनजिकैसम्म निर्माण गरिसकेको छ। तिब्बतले नं २१९ पर्यटन लूपको निर्माण गर्ने योजना बनाएको छ। हामीले यस मौकामार्फत् पर्यटन उद्योगको विकास गर्ने आशा गरेका छौँ। लोपा जातिको अल्पसंख्यक जातीय विशेषतायुक्त संस्कृतिसँग मिलेर होमस्टे, खानपानको विकास गर्ने र यसबाट सर्वसाधारणले आफ्नो घरनजिक बसेर धेरै राम्रो आम्दानी गर्नसक्छन्।” 

त्यसबाहेक चासीले जन्मथलोको विशेषतायुक्त चियाको विकास गर्ने प्रस्ताव पनि गर्नुभएको छ। उहाँका अनुसार, यो चिया स्थानीय आदिम वनबाट टिपिएको हो। उक्त चियामा रक्तचाप घटाउने क्षमता छ।

 “चिया टिप्नदेखि संशोधनसम्म सबै कार्य हाम्रो स्थानीय सर्वसाधारणले गर्ने छन्। यसले सर्वसाधारणको आम्दानी बढाउनेछ। विशेषगरी यो नजिकै छ र सुविधा पनि हो। उनीहरू काम गर्न बाहिर जानु पर्दैन। हाल तौयु बस्तीमा चिया उद्योगको परिमाण सानो छ। मैले सहकारीका जिम्मेवारसँग छलफल गरेको छु। चियालाई अझै राम्रो  बनाउने वा मापादण्डलाई माथि उकास्ने, त्यसपछि विस्तारै विकास गर्ने विचार लिएको छु। यसरी सर्वसाधारणको आम्दानी अझै स्पष्ट रूपमा बढ्ने होला।”

 

नीतिको समर्थनमा लोपा जातीय सर्वसाधारणले अझै सुखमय र राम्रो जीवन बिताउने विश्वास चासी च्याङछुनले गर्नुभएको छ।