छाउ क्वैद्बारा छि राज्यको प्रतिकार सम्बन्धी युद्ध-3
2022-04-12 15:07:12cri
Share with:


 


      लु च्वाङ कुङले छि राज्यका सेना हारेर पछि हट्दैगएको देखेर हतारपतार गर्दै लखेटनु पर्ने आदेश दिंदा-नदिंदै छाउ क्वैले उनलाई रोकेर भने:“हतार नगर्नुहोस्”। उनले रथबाट ओर्ले पछि झुकेर छि राज्यका सेनाका रथको पांग्राको चिन्ह हेरेका थिए। त्यसको लगत्तै उनले रथमा चढेर रथमा ठड्याइएको लिंगोमा पनि चढी शत्रुहरु भागेको पंक्तितीर अवलोकन गर्दै “राजाले लखेट्ने आदेश दिएहुन्छ” भनेका थिए।

       लु राज्यका सेनाले पिछा गर्ने आदेश पाएपछि वीरताका साथ अघि बढ्दै लखेट्दै एकपछि अर्को विजय हासिल गरेका थिए र अन्ता छि राज्यका सेनालाई लु राज्यको सिमानाबाट धपाएका थिए।

       धैर्य र शान्त मनस्थितिका साथ छाउ क्वैले युद्धको निर्देशन गरेकोमा लु राज्यका सेनाले जवाफी प्रहार गर्दै विजय हासिल गरेको देखेर लु च्वाङ कुङको मनमा छाउ क्वैप्रति सम्मानको भाव जाग्यो। राजदरबार फर्केपछि लु च्वाङ कुङले पहिले नै छाउ क्वैलाई शुभकामना व्यक्त गर्दै के सोधेका थिए भनेः “शुरुमा छि राज्यका सेनाले मादल बजाएका थिए तर तिमीले तिनको सामना गर्न किन मलाई रोकेको?”

       छाउ क्वैले जवाफ दिंदै भनेः “लडाईं गर्दा सिपाहीहरुको शुर्‍याईं निकै महत्वपूर्ण छ। विपक्षीले पहिलो पल्ट मादल बजाउँदा सिपाहींहरु धेरै आंटिला थिए। तर दोस्रो पल्ट मादल बजाउँदा उनीहरुको आँट अलि कम भयो र तेस्रो पल्ट मादल बजाउँदा सिपाहींहरुको आँट खतम भैसकेको थियो। विपक्षीको आँट खतम भएको बेला हाम्रा सिपाहींहरुले आँटिलो भए र यस बखत हमला गर्दा किन विजय पाउन नसक्नु त? ”

       त्यस पछि लु च्वाङ कुङले विरोधी सेनालाई किन तत्कालै लखेट्न नदिएको भनेर सोधेका थिए। छाउ क्वैले जवाफ दिंदै भनेः“छि राज्य एक ठूलो राज्य भएकाले त्यसका सेना हार खाएर भागेको पनि सेनाको शक्ति त छदै छ र तीनीहरु हार खाएर निहुँ मात्र गरेर भागेको पनि हुनसक्छ नि। कुनै ठाउँमा लुकेर बस्ने र प्रत्याक्रमण गर्ने सम्भावना पनि छ। यस कुरामा हामीले सावधान हुनुपर्छ। त्यसपछि उनीहरुको झण्डा यता उता ढलेका र रथका पांग्राको चिन्ह पनि निकै गडबड भएको देखेर उनीहरुको युद्ध मोर्चा पनि गोलमाल भएको विश्वास मैले गरें। त्यसैले यस बेला मैले तपाईंलाई पिछा गर्ने आदेश दिन अनुरोध गरेको थिएँ। ”

       यो कुरा सुनेर लु च्वाङ कुङले सपनाबाट बिउँझे जस्तै सबै कुरा स्पष्टसँग बुझे र छाउ क्वैले सम्पूर्ण कुराको सोच-विचार राम्रोसँग गरेकोमा तिनको प्रशंसा गरेका थिए।