चीनको प्रक्षेपण अन्तरिक्ष केन्द्रको कोर मोड्यूल
2022-04-13 14:38:03cri
Share with:

सन् २०२१ को अप्रिल २९ तारिख चीनले हाइनान प्रान्तको वन छाङबाट ‘लङ मार्च ५ – बी याउ’ दोस्रो क्यारियर रकेटमार्फत सफलताका साथ अन्तरिक्ष केन्द्रको थेन ह कोर मोड्यूललाई निर्धारित लीकमा पुर्याएको थियो। योसँगै लीकमा रहेको चीनको अन्तरिक्ष केन्द्रको जडान र निर्माण कार्य पूर्ण रूपमा शुरू भएको थियो। त्यो नै चीनको अन्तरिक्ष केन्द्रको निर्माण चरणको पहिलो प्रक्षेपण थियो।

 

थेन ह कोर मोड्यूल, वन थेन प्रयोग मोड्यूल र मङ थेन प्रयोग मोड्यूल, यी ३ वटा मोड्यूलबाट चीनको अन्तरिक्ष केन्द्रको आधारभूत बनौटको निर्माण गरिएको हो।

 

यीमध्ये थेन ह कोर मोड्यूलको दीर्घकालसम्म आफूमै निर्भर रहने उडान क्षमता भएकाले अन्तरिक्षयात्रुका लागि दीर्घकालसम्म लीकमा बस्न सशक्त समर्थन गर्नेछ। साथै त्यसले अन्तरिक्ष चिकित्सा र अन्तरिक्ष सम्बन्धी वैज्ञानिक परिक्षण पनि सञ्चालन गर्न सक्नेछ।