हाइनान स्वतन्त्र व्यापार बन्दरगाह चीनको खुलापनको नमूना
2022-04-14 18:55:50cri
Share with:

खुलेको ढोका बन्द हुनेछैन, तर अझै फराकिलो रूपमा खुल्नेछ। यो विश्वप्रति चीनको गम्भीर प्रतिवद्धता हो। चार वर्षयता हाइनान स्वतन्त्र व्यापार बन्दरगाहको निर्माण प्रगति चीनको प्रतिबद्धताको नमूना बनेको छ।

हाइनान प्रान्तमा अवस्थित याङ् फु आर्थिक विकास क्षेत्रको विकास र चिनियाँ विशेषतायुक्त स्वतन्त्र व्यापार बन्दरगाहको निर्माणबारे जानकारी पाउनका लागि हाइ नान प्रान्तको निरीक्षण भ्रमणमा रहनुभएका राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल १२ तारिख  याङ फु आर्थिक विकास क्षेत्रको निरीक्षण गर्नुभएको छ। सोही दिन चिनियाँ भन्सार प्रशासनबाट प्रकाशित तथ्यांक अनुसार, हाइनानको वैदेशिक व्यापारमा आयात-निर्यात रकम सन् २०१७ को ७० अर्ब २८ करोड युआनबाट सन् २०२१को १ खर्ब ४७ अर्ब ६८ करोड युआनसम्म बढेको छ। जसको वार्षिक वृद्धि २०.४ प्रतिशत पुगेको छ। यो वार्षिक वृद्धि चीनभरि दोस्रो स्थानमा पर्दछ। जसबाट हाइनान स्वतन्त्र व्यापार बन्दरगाहको जैविक शक्ति देखाइएको छ।

स्वातन्त्र व्यापार बन्दरगाह वर्तमान विश्वको सर्वोच्चस्तरीय खुलापनको तरिका हो। सन् २०१८ अप्रिल १३ तारिख, चिनियाँ विशेषतायुक्त स्वतन्त्र व्यापार बन्दरगाह हाइनानमा स्थापित भएको छ। चार वर्षमा शून्य भन्सार करको नीतिमा आयातित सामानको कुल रकम ७ अर्बभन्दा बढी युआन पुगेको छ, प्रयोग गरिएको विदेशी पूँजी सरदर प्रत्येक वर्ष ७९.४ प्रतिशतले बढेको छ, स्वतन्त्र व्यापार बन्दरगाहसम्बन्धी  कम्तीमा १५० नीति कार्यान्वयन गरेको छ। जसबाट चीनले खुलापन विस्तार पार्ने अठोट र विश्वसँग साझा विजय हुने प्रयास देखाइएको छ।

त्यसबाहेक हाइनान स्वतन्त्र व्यापार बन्दरगाहको व्यापारिक वातावरण पनि क्रमशः सुधारिँदैछ। जसले विश्वव्यापी १२६ देश र क्षेत्रका लगानीकर्ता आकर्षित गरेको छ।

जनवरी १ तारिख “क्षेत्रीय बृहत् आर्थिक साझेदारी सम्बन्ध सन्धि (RCEP)” लागू भएपछि, हाइनान स्वतन्त्र व्यापार बन्दरगाहले विकासका नयाँ अवसर पाएको छ। हाइनानबाट पूरै चीनसम्म, अझै उच्चस्तरीय खुलापनले विश्वलाई अझै बढी चिनियाँ अवसर बाँड्ने र विश्वव्यापी आर्थिक पुनरुत्थानमा आवश्यक शक्ति थप्ने अनुमान गरिएको छ।