फूलको पछाडि दौडेर पठार भूमि पुगेका मौरीपालक स्यु छिङ छाङ
2022-04-14 14:36:13cri
Share with:

 

स्यु छिङ छाङ चीनको हनान प्रान्तका बासिन्दा हुनुहुन्छ। बीस वर्षदेखि उहाँले वर्षभरि चीनका विभिन्न स्थान पुगेर मौरीपालन गर्दै आउनुभएको छ। उहाँ मौरीको चाका बोकेर फुलपछाडि दौड्दादौड्दै चीनको तिब्बत स्वायत्त प्रदेशको लीन च शहरको कोङबु च्याङ ता जिल्ला मातहतको चु ला गाउँमा पुग्नुभयो। त्यसपछि उहाँ त्यहीँ नै बस्दै आउनुभएको छ। 

स्युका आँखामा तिब्बत समुद्र सतहदेखि निकै उच्च भए तापनि लीन चमा घना वनस्पत्ति र पर्याप्त जल स्रोत रहेको छ। हरेक वर्षको मार्चदेखि सेप्टेम्बर महिनासम्म रङगीचङगी फूलहरू फुल्ने गर्छन्। त्यहाँको उच्च गुणस्तरीय प्राकृतिक वातावरण मौरीपालनकालागि निकै राम्रो छ।

 

ध्यान दिएर मौरी पालन र महको उत्पादन गर्दै लिन चको मनोरम प्राकृतिक वातावरणमा रमाएर बस्ने नै स्युको जीवन शैली बनेको छ।