हाइड्रोजन ऊर्जा उद्योगको विकासका लागि प्रयास
2022-04-14 21:09:07cri
Share with:

 

    चीनको अन्तर्राष्ट्रिय अर्थतन्त्र आदानप्रदान केन्द्र र सँयुक्त राष्ट्र सँघीय विकास योजना कार्यक्रमले हाइड्रोजन ऊर्जा उद्योग शिखर सम्मेलन मञ्च अप्रिल ८ तारिख अनलाइन र अफलाइन गरी दुई तरिकाले आयोजना गरेको छ। चिनियाँ तथा विदेशी अतिथिहरुले हाइड्रोजन ऊर्जा उद्योगको विकास तथा सहयोग सम्बन्धी विषयहरुबारे वैचारिक आदानप्रदान गर्दै हाइड्रोजन ऊर्जा उद्योगको उच्च गुणस्तरीय विकासलाई सक्रिय र व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सहमति जनाएका छन्। साथै पारस्परिक हित तथा फाइदाको सिद्धान्तले  हाइड्रोजन ऊर्जा क्षेत्रमा विदेशी आदानप्रदान आधारित सहयोगलाई सक्रिय प्रवर्द्धन गर्नुपर्ने पनि औँल्याएका छन्।

    केही वर्षयता विश्वका मुख्य आर्थिक समूह र विकसित मुलुकले  हाइड्रोजन ऊर्जा उद्योगको विकासलाई जोड दिँदै सम्बन्धी उद्योगको योजनालाई तीव्र गतिमा प्रवर्द्धन गर्दै आएका छन्। युरोपेली सँघको हाइड्रोजन ऊर्जा रणनीतिले पुनःप्रयोग गर्नसक्ने हाइड्रोजन ऊर्जाको उत्पादन र हाइड्रोजन ऊर्जाको विविध प्रयोगहरूलाई प्रवर्द्धन गर्ने योजना गरेको छ। योजना अनुसार सन् २०२४ मा पुनःप्रयोग गर्नसक्ने हाइड्रोजन ऊर्जाको प्रतिवर्षको उत्पादन मात्रा १० लाख टन पुग्ने छ। सन् २०३० मा १ करोड टन पुग्ने अनुमान छ। सन् २०५० मा पुनःप्रयोग गर्ने हाइड्रोजनको प्रतिवर्षको उत्पादन प्रविधिमा अझै सुधार हुने छ र ठूलो मात्रामा उपयोग बढ्ने छ।

      चीनको ‘हाइड्रोजन उद्योग विकास सम्बन्धी मध्य तथा दीर्घकालीन योजन २०२१-२०३५’ हालै सार्वजनिक गरिएको छ। यो चीनले पहिलो पटक राष्ट्रिय स्तरमा हाइड्रोजन उद्योगका लागि गरेको योजना हो। यस योजनाका अनुसार सन् २०२५ मा चीनको पुनःप्रयोग गर्ने हाइड्रोजन मात्रा प्रतिवर्ष १ देखि २ लाख टनसम्म पुग्ने छ। चीनको हाइड्रोजन उद्योगको आधार राम्रो र उज्यालो भविष्य छ। चीनको वर्तमान हाइड्रोजन ऊर्जा उद्योगमा ठूलो परिमाण र लाभदायक विकासको लागि राम्रो आधारको अवस्था देखिन्छ। हाइड्रोजनको आपूर्ति क्षेत्रमा चीन नै विश्वको सबैभन्दा ठूलो हाइड्रोजन उत्पादक मुलुक हो। सन् २०२१ मा हाइड्रोजनको उत्पादन मात्रा १ करोड ३० लाख टनभन्दा बढी पुगेको छ।

    विश्वव्यापी जलवायु परिवर्तनको सामना गर्न र कार्बन तटस्थता प्रवर्द्धन गर्ने क्रममा हाइड्रोजन ऊर्जा भावी अन्तर्राष्ट्रिय सहयोगको मुख्य विषय बन्नसक्ने आशा धेरै मुलुकले गरेका छन्।

  यस मञ्चमा भाग लिएका अतिथिहरुका विचारमा चीन जापान दक्षिण कोरिया गरी तीन मुलुक विश्वमा हाइड्रोजन ऊर्जा उद्योग विकासका अग्रणी देशहरु हुन्। यी तीन मुलुकहरुले यस क्षेत्रमा उद्योग, प्रविधि, योग्य व्यक्ति आदि धेरै पक्षको सहयोगलाई मजबुत बनाउनसक्छन् जसबाट साझा हित तथा पारस्परिक फाइदालाई साकार तुल्याउन सक्छन्।