चीनको गाउँप्रति फ्रान्सेली विद्यार्थीको भावना
2022-04-15 16:36:23cri
Share with:

 

फ्रान्सबाट आएका विद्यार्थी लोमान फुर्सदमा चीनको ग्रामीण क्षेत्र घुम्न जाने गर्दछन्। उनले लेन्सद्वारा चीनको ग्रामीण क्षेत्रमा भएको परिवर्तनको रेकर्ड समेत गरेका छन्। लोमानकाअनुसार, चीनको ग्रामीण क्षेत्रको विकास अनुभवलाई विश्वको विभिन्न मुलुकले सिक्नुपर्छ।

 

 “नमस्ते, मेरो नाम लोमान हो। म फ्रान्सको गाउँबाट आएको हुँ। त्यसैले म छोङछिङ आएपछि चीनको ग्रामीण क्षेत्रको अवलोकन गर्ने आशा लिएको थिएँ। चीनको ग्रामीण क्षेत्र कस्तो छ? स्थानीय वासिन्दाको जीवन कस्तो छ? जीवनप्रति उनीहरूको अनुभव के छ? त्यसैले म फङचे गएँ।”

 

चालू वर्ष लोमान २६ वर्षका भए। उनी स छ्वान विदेशी अध्ययन विश्वविद्यालयका विद्यार्थी हुन्। फङचे छोङछिङबाट तीन सय असी किलोमिटर टाढा छ। लोमानको विचारमा रेल र विमान संचालन नभएको जिल्ला फङचे विकासको चरणमा रहेको जिल्ला हो। तर फङचे पुगेपछि उनले देखेको अवस्था अनुमानभन्दा फरक थियो। लोमान भन्छन् “फङचे विकसित छ, एक ठूलो शहरजस्तै छ। फङचेको आफ्नो विशेष उत्पादन वस्तु पनि छ। स्थानीय सरकारले पनि वासिन्दालाई समर्थन र मद्दत दिने गरेको छ। त्यसले फङचेको अर्थतन्त्र विकसित हुँदैछ। मेरो विचारमा राम्रो छ।”

 

फङचेबाहेक, लोमान छोङछिङको बीशान, ऊलुङ, स छ्वानको याआनका गाउँहरू पनि गएका थिए। उनले स्थानीय वासिन्दासँग सुन्तला टिप्दैगरेको, स्थानीय खाना खाइरहेको, उनले स्थानीय जीवन चर्याको भिडियोहरू इन्टर्नेट प्रयोगकर्ताहरूलाई देखाएका थिए। लोमान भन्छन्

 “फङचेमा मेरो गहिरो छाप परेको छ। मैले स्थानीय किसानसँग विरुवा रोपेको थिएँ। त्यहाँ एक ठूलो सुन्तला बगैंचा छ। मेरो विचारमा उनीहरूको जीवन सुखमय बन्ने छ।”

 

इन्टर्नेटको विकासको साथसाथै इलेक्ट्रोनिक वाणिज्य, सामानको ढुवानी,मोबाइल भुक्तानी गाउँहरूमा प्रचार-प्रसार गरिएको छ। धेरै किसानहरूले इन्टर्नेटमार्फत आफूले रोपेका कृषि उपजको विक्री गर्ने गर्दछन्। लोमानले स्थानीय कारखाना गई उत्पादन ढाँचाबारे जानकारी लिएका छन्। उनी भन्छन् “स्थानीय कारखाना फ्रान्स र जर्मनीका जस्तै छन्। मजदूरहरू च्याउको ससको उत्पादन गर्दैछन्। त्यहाँ धेरै मजदूरहरू छन्। स्थानीय वासिन्दाहरू कारखानामार्फत धनी भएका छन्।”

 

लोमानले लेन्सद्वारा किसानले खेतीयोग्य जमीनमा काम गरिरहेको र बाली भित्र्याउने दृश्यको रेकर्ड गरेका छन्। उनी पनि चीनको ग्रामीण क्षेत्रमा भएको परिवर्तनको साक्षी बनेका छन्। उनी भन्छन् “चीन सरकारले ग्रामीण क्षेत्रको विकासमा निरन्तर रुपमा समर्थन गर्दैजाने छ भन्ने आशा लिएको छु। ग्रामीण क्षेत्रमा स्थानीय सरकारले किसानलाई दिएको मद्दतको प्रशंसा गर्दछु। फ्रान्समा सबैले ग्रामीण क्षेत्रको वेवास्ता गरेका छन्, पेरिस र बोर्डोजस्तै ठूलो शहर मन पराउँछन्। मैले मेरो देश फ्रान्सले चीनबाट सिक्नसक्ने आशा लिएको छु।”

 

कोरोना भाइरस महामारीका कारण लोमान जन्मथलो नफर्केको तीन वर्ष भएको छ। चीनको ग्रामीण क्षेत्रहरूको अवलोकन गर्दै उनले जन्मथलोको न्यास्रो मेटाएका छन्। उनी भन्छन् “मलाई स छ्वानको याआन मन पर्छ। यो ठाउँले मलाई मेरो जन्मथलोको सम्झना दिलाउँछ। बुढेशकालमा अवकाश लिएपछि मैले साग रोप्न त्यहाँ जाने योजना बनाएको छु। म याआनमा बस्ने छु। मैले फ्रान्सेली र अरु विदेशीहरूलाई चीनबारे जानकारी दिने, चीन र फ्रान्सबीच पुल बन्ने योजना बनाएको छु।”