अमेरिकाले कसरी मानव अधिकारलाई हतियार रूपमा अपनायो?
2022-04-15 17:05:35cri
Share with:

अमेरिकाका लागि अप्रिल १२ तारिख दुःखलाग्दो दिन हो। सोही दिन बिहान, न्यूयोर्क सबवेको ब्रुकलिन स्टेशनमा २८ वर्षीय गर्भवती महिला, १२ वर्षीया बालक र अरू २०जना भन्दा बढी निर्दोष यात्रुहरू अचानक गोली प्रहारमा परेका छन्। सबवे स्टेशनमा रगत बग्नुका साथै दुःखको चिच्याहट फैलिएको छ।  

त्यसका साथै अमेरिकी विदेशमन्त्रालयले तथाकथित “सन् २०२१ मानव अधिकारमा देशको प्रतिवेदन” प्रकाशित गरेर पहिलेजस्तै विश्वव्यापी लगभग २०० देशका मानव अधिकारबारे मूल्यांकन गरेको छ। अवश्य नै पहिलेजस्तै स्वदेशी मानव अधिकारबारे कुनै विषय प्रस्तुत गरेको छैन।

अमेरिकी जनता पीडित हुने यस्ता गोलाबारी समस्यालाई वेवास्ता गर्नुका साथै अरू देशको मानवअधिकारमाथि “हेरचाह” को नीति अमेरिकाले लिइरहेको छ। अमेरिकाले यस्तो व्यंग्यात्मक कार्यमार्फत् " नक्कली मानव अधिकार" र "साँचो प्रभुत्ववाद" देखाएको छ।

हरेक वर्ष कथित मानव अधिकारमा राष्ट्रिय प्रतिवेदन प्रकाशित गर्ने काम अमेरिकाले अन्य देशको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्ने र 4 सानो समूह बनाउने अनि प्रभुत्ववादको संरक्षण गर्ने पुरानो तरिका हो। वाशिन्टनका राजनीतिज्ञको आँखामा मानव अधिकार राजनीति हो, उपकरण हो र हतियार हो।

केही वर्षयता इराक, अफ्गानिस्तान, सिरियामा भएका युद्धबाट पूर्वी यूरोप तथा बाल्कनमा भएको "रङ्ग क्रान्ति"सम्म अमेरिकाले मानव अधिकारको हतियार प्रयोग गरेर धेरै मानवीय प्रकोप सिर्जना गरेको छ।

वाशिंगटनको हित नमान्ने देशहरूलाई हेरफेर गर्न र तर्साउनका लागि अमेरिकाले मानव अधिकारलाई एक उपकरणको रूपमा प्रयोग गरिरहेको टिप्पणी क्यूवाका विदेशमन्त्री ब्रुनो रोड्रिगुएचले गर्नुभएको छ। द टाइम्स अफ इन्डियाले १३ तारिख प्रकाशित गरेको जानकारी अनुसार, अमेरिकामा रहेका अनेकन समस्या र अरू देशको मानव अधिकारमा रहेको दोहोरो मापदण्ड भएकाले अमेरिकाको दृष्टिकोण कष्टप्रद छ। 

हाल मानव अधिकार हतियारको प्रयोग गरिरहेको अमेरिका विश्वका सामु निकै धम्की बनेको छ।