संयुक्त राष्ट्रसंघबाट किन चिनियाँ अन्तरिक्ष स्टेशनलाई “महान उदाहरण” भनिएको?
2022-04-16 19:18:31cri
Share with:

पैचिङ समय अनुसार १६ अप्रिलको बिहान करीब ९ बजेर ५६ मिनेट जाँदा चीनको शनचौ-१३ नम्बर मानववाहक अन्तरिक्ष यान सफलताका साथ धर्तीमा अवरतण भएको छ।

३ जना अन्तरिक्षयात्रुहरूले अन्तरिक्षमा १८३ दिनसम्म बसेर पृथ्वीमा फर्केका छन्। जसबाट चिनियाँ अन्तरिक्ष स्टेशनको केन्द्रिय प्रविधिको प्रमाणीकरण चरण सफल भएको छ र राष्ट्र संघीय “विश्वाव्यापी रूपमा अन्तरिक्ष बाँड्ने” प्रस्तावको साकारलाई अघि बढाएको छ।

शनचौ-१३ मानववाहक उड्डयनको सफलतापछि चिनियाँ अन्तरिक्ष स्टेशन निर्माण चरणमा प्रवेश गरेको छ। यसको उदेश्य स्वतन्त्र रूपमा ६०देखि १८०टनसम्मको स्थायी अन्तरिक्ष स्टेशनको निर्माण हो। केही वर्षपछि उक्त अन्तरिक्ष स्टेशन लीगमा सञ्चालन हुने एउटा मात्रै अन्तरिक्ष स्टेशन हुने सम्भावना छ। यो चिनियाँहरूको ठूलो वैज्ञानिक तथा प्राविधिक उपलब्धि मात्र नभइ पूरै मानवजाति सहयोगात्मक रूपमा अन्तरिक्षको अन्वेषण गर्ने नयाँ चरणको सुरूवात हुनेछ।

चिनियाँ अन्तरिक्ष स्टेशन सबै राष्ट्र संघीय सदस्य मुलुकका लागि खुल्नेछ। यो इतिहासमा पहिलो पटक हो। हाल चिनियाँ अन्तरिक्ष स्टेशनको वैज्ञानिक प्रयोगमा १७ मुलुक र २३ संस्थाका ९ परियोजनाहरू पहिलो खेपमा छानिएका छन्। संयुक्त राष्ट्र संघअन्तर्गत बाह्य अन्तरिक्ष मामिला कार्यालयका प्रमुख सिमोनेट्टा डी पिप्पोले  चिनियाँ अन्तरिक्ष स्टेशनलाई राष्ट्र संघीय “विश्वव्यापी रूपमा अन्तरिक्ष बाँड्ने” प्रस्तावको महत्वपूर्ण विभाग र “महान उदाहरण”  भन्ने टिप्पणी गर्नुभएको छ।