अमेरिकाबाट “प्रणालीगत राष्ट्रिय त्रासदी” निरन्तर
2022-04-16 16:41:17cri
Share with:

केही दिनअघि अमेरिकी पेन्सिलभेनिया विश्वविद्यालयका कानून विषयका प्रोफेसर मी वाक्सले फक्स समाचारको एउटा कार्यक्रममा भारतीय आप्रवासीहरूको देश रद्दीको टोकरी जस्तै भएको कुरा व्यक्त गरेका थिए। यो अचम्मलाग्दो भनाइ एशियाली अमेरिकी जातिवादको अर्को एउटा नमूना हो।

चिनियाँ मानवअधिकार अनुसन्धानले १५ तारिख “एसियाली जातिविरोधी भेदभावबाट अमेरिकी जातिवादी समाज” शीर्षकको प्रतिवेदन प्रकाशित गरेको छ। प्रतिवेदनले ठोस तथ्याङ्क र तथ्यमार्फत् अमेरिकी मूलबाट गोरो एंग्लो-स्याक्सन प्रोटेस्टेन्ट देश हो भन्ने पुष्टि गरेको छ। एशियाली अमेरिकी र अरू अल्पसंख्यक जातिसँगसँगै मानवअधिकार लगायत क्षेत्रमा विविध क्षति पुर्याइएको छ।

१९औं शताब्दीको मध्यकालदेखि एशियालीहरू अमेरिकामा प्रवासी भएर अमेरिकाको आर्थिक तथा सामाजिक विकासका लागि महत्वपूर्ण योगदान दिएका थिए। तर अमेरिकाको विभिन्न ऐतिहासिक कालमा एशियालीहरू पूर्वाग्रह, घृणा तथा जातीय हिंसामा पारिएका थिए। हालसम्म एशियाली अमेरिकीहरू पनि भेदभाव र बहिष्करणमा परेका छन्। विशेष गरी कोभिड-१९ महामारी फैलिएदेखि एशियालीहरू झन् झन् गम्भीर जातिवादबाट प्रहार गरिएका छन्। मूलबाट हेर्दा यसको कारण गोरा सर्वोच्चताको जातीय संरचना र सामाजिक वातावरण हो।

दुई सय वर्षमा अमेरिकाले अप्रवासीबाट श्रमिक श्रोत पाएर अर्थतन्त्रको समृद्धि तथा विकास गरेको छ। तर वाशिन्टनका राजनीतिज्ञले एकातिर मानवअधिकार तथा अमेरिकी सपना बोल्नुका साथै अर्कातिर अल्पसंख्यक जातिबाट प्राप्त नाफाको उपेक्षा गरेका छन्।