आशाले भरिएको अन्तरिक्ष अन्वेषण
2022-04-16 19:41:30cri
Share with:

शनचौ-१३ मानववाहक अन्तरिक्ष यानको फिर्ती क्याबिन १६ तारिख सुरक्षित रूपमा पृथ्वीमा अवतरण गर्नुका साथै अन्तरिक्षमा ६ महिना बसेका तीनजना चिनियाँ अन्तरिक्ष यात्रीले सफलताका साथ काम पूरा गरेका छन्। यसपटक उनीहरूले धेरै अन्तरिक्ष कार्य पूरा गरेका छन्।

अन्तरिक्ष यात्रीहरूले दुईपटक स्पेस क्याप्सूलबाट निस्केर अन्तरिक्ष यात्रा गर्नुका साथै धेरै विज्ञानसम्बन्धित प्रयोग पूरा गरेका छन्। जसबाट दीर्घकाल अन्तरिक्ष यात्रीको जीवन प्रत्याभूति, स्टेशनमा सामग्रीको पुन: प्रयोग, सामग्रीको आपूर्तिलगायत केन्द्रिय प्रविधि प्रमाणित गरिएको छ। जसले भविष्यमा लीगमा अन्तरिक्ष यानको निर्माण गर्न, अन्तरिक्ष स्टेशन र यान जोड्न, अन्तरिक्ष स्टेशन र मानवविहीन अन्तरिक्ष यान जोड्नका लागि अनुभव संकलन गरेको छ। त्यसका साथै उनीहरूले २ पटक गरी ‘अन्तरिक्ष कक्षा’ दिएर श्रृंखलावद्ध लोकप्रिय विज्ञान शिक्षा र सांस्कृतिक प्रसार कार्यक्रमहरु गरेका छन्। जसले चिनियाँ विद्यार्थीहरूको मनमा अन्तरिक्षको अन्वेषण गर्ने बीउ रोपेको छ।

शनचौ १३ नम्बर अन्तरिक्षयानको काम सफलतापूर्व सम्पन्न भएको छ। चिनियाँ अन्तरिक्ष स्पेस स्टेशन परियोजना चाँडै निर्माण चरणमा प्रवेश हुनेछ। प्राप्त सूचनानुसार, चीनले थप अन्तरिक्षयानलाई अन्तरिक्ष स्पेस स्टेशनमा पठाउने छ जसबाट अन्तरिक्ष स्पेस स्टेशनको तौल १००टन पुग्ने छ।

यसअघि विश्वसामु चीनको अन्तरिक्ष स्पेस स्टेशन खुला र समावेशी हुने धारणा चीनले धेरै पटक गरी व्यक्त गरेको छ। चाइना अन्तरिक्ष विज्ञान तथा प्रविधि कम्पनीको पाँचौं एकेडेमी अन्तर्गत अन्तरिक्ष स्पेस स्टेशन प्रणालीका उपप्रमुख डिजाइनर पाइ लिनहौले पत्रकारसँगको अन्तर्वार्तामा यसरी भन्नुभयोः "अन्तरिक्ष स्पेस स्टेशनलाई मानव जाति सबैका लागि राष्ट्रिय स्तरको अन्तरिक्ष प्रयोग मञ्चको रूपमा निर्माण गर्नु भन्ने चीनको लक्ष्य हो।" 

चिनियाँ स्पेस स्टेशन सम्पूर्ण मानव जातिको लागि अन्तरिक्ष अन्वेषण गर्ने एक महत्वपूर्ण स्टेशन बन्ने विश्वास छ। अन्तरिक्ष प्रविधिप्रति चीनको अन्वेषण र विकासले मानव अन्तरिक्ष विज्ञानको प्रगतिलाई अघि बढाउने आशा गरिएको छ।