आँधी बेहरीबाट फिलिपिन्स प्रभावित भएकोमा राष्ट्राध्यक्ष सीद्वारा फिलिपिन्सका राष्ट्रपति डुटेर्टेलाई संवेदना सन्देश
2022-04-18 17:27:13cri
Share with:

आँधी बेहरीबाट फिलिपिन्स प्रभावित भएकोमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल १७ तारिख फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई संवेदना सन्देश पठाउनुभएको छ।

आँधी बेहरीबाट फिलिपिन्सलाई प्रभावित भई ठूलो जनधन भएकोमा म चीन सरकार र चिनियाँ जनताको तर्फबाट तथा मेरो व्यक्तिगत रूपमा मृतकहरुलाई गहन रुपमा श्रद्धान्जली व्यक्त गर्नुका साथै मृतकहरुको परिवार र घाइतेहरुलाई हार्दिक संवेदना प्रकट गर्छु राष्ट्राध्यक्ष सीले सो संवेदना सन्देशमा उल्लेख गर्नुभएको छ। फिलिपिन्सलाई भ्याएसम्म सहायता पुर्‍याउने इच्छा चीनले लिँदै राष्ट्रपति डुटेर्टे र फिलिपिन्स सरकारको नेतृत्वमा क्षतिग्रस्त क्षेत्रका जनताले अवश्य नै प्रकोपलाई जितेर आफ्नो घरबारको पुन:निर्माण गर्ने विश्वास लिएको कुरा पनि राष्ट्राध्यक्ष सीले सन्देशमा उल्लेख गर्नु भएको छ।