अन्तरिक्ष अन्वेषण यात्रामा सबैसँगै मिलेर हिँडौँ
2022-04-18 16:04:51CRI
Share with:

पैचिङ समयअनुसार, सन् २०२२ को अप्रिल १६ तारिख ९ बजेर ५६ मिनेट जाँदा शनच नं १३ मानव अन्तरिक्ष यानको क्यापसूल अवतरण गरेको छ। योसँगै निश्चित कार्य सफलताका साथ सम्पन्न भएको छ। धा वर्षसम्म अन्तरिक्षमा तीनजना अन्तरिक्ष यात्रीले दु पटक केबिनबाट निस्केर धेरै वैज्ञानिक तथा प्राविधिक परीक्षण गर्नुका साथै अन्तरिक्ष शिक्षण कक्षा समेत सञ्चालन गरेका थिए। विश्वला विशेष अन्तरिक्ष अनुभव प्रदान गरेको छ। जसले अन्तर्राष्ट्रिय समूहको ध्यान पनि तानेको छ।

 

अमेरिकाको अन्तरिक्ष वेबसाइटले एक रिपोर्टमा चीनको शन च नं १३ को कार्य पूरा भएको र यसले इतिहासमा नाम लेखिसकेको उल्लेख गरेको छ। अमेरिकाका सेवा निवृत्त अन्तरिक्ष यात्री थाङ थोमसले अन्तरिक्ष अन्वेषणमा पछि रहेको मुलुकको रूपमा देखिएको चीनले छोटो समयभित्र ठूलो विकास गरेको उल्लेख गर्नुभयो। बेलायती म्यान्चेस्टर विश्वविद्यालयका विद्वान मोली सिल्कले चिनियाँ अन्तरिक्ष यात्रीले पृथ्वीसँग तत्कालै दान-प्रदान गरेबाट चिनियाँ विकसित प्रविधि र अन्तरिक्षसम्बन्धी चीनको क्षमता देखिएको बताउनुभयो।

 

चीनले स्पष्ट उपलब्धिमार्फत नवीन सिर्जनाको चीनको अन्तरिक्ष अनुभव देखाएको छ साथै चीनले उक्त अन्तरिक्ष अनुभवको धारमा अरू विकास गरी बढी चमत्कार सिर्जना गर्नेछ। चीनको मानव अन्तरिक्ष इन्जिङनियरिङ कार्यालयका प्रमुख हाउ छुनका अनुसार, सन् २०२२ मा चीनको अन्तरिक्ष केन्द्रको निर्माण पूरा हुनेछ र जम्मा गरी ६ पटक अन्तरिक्ष प्रक्षेपण  गरिने छ।

 

चीनको अन्तरिक्ष कार्यले फ्नो विकासमाथि मात्र ध्यान दिएको छैन, अन्तर्राष्ट्रिय सहयोग र शेयरमा पनि ध्यान दिएको छ। सन् २०२१ मा चीनको अन्तरिक्ष श्वेतपत्रमा उल्लेख भएअनुसार, चीनले विभिन्न मुलुकसँग मिलेर अन्तरिक्षको विश्व व्यवस्था र सहयोगमा सक्रिय रूपमा संलग्न भइ पृथ्वीको संरक्षण गरेर मानव सभ्यताको विकासला अरू योगदान गर्ने छ।

 

एशिया पूर्वाधार विकास बैङ्कदेखि पैत नेभिगेसन प्रणाली र बेल्ट एण्ड रोडसम्म चीनले अन्तर्राष्ट्रिय सहयोग मञ्चको निर्माण गर्ने धार नै मानव भाग्य समुदाय हो जसबाट ठूलो मुलुकको रूपमा रहेको चीनको जिम्मेवार पनि देखिएको छ। वैश्वीकरणको युगमा अन्तर्राष्ट्रिय समूहबीच एक पसमा निर्भर रहन्छ भने बहु-सहयोग गरे मात्र संयुक्त विकास गर्नसकिन्छ। अन्तरिक्ष अन्वेषण पनि यस्तै हो।

 

अमेरिकी सेवा निवृत्त अन्तरिक्ष यात्री थोमसले भन्नुभए झैँ विभिन्न मुलुकका अन्तरिक्ष यात्रीको साझा पहिचान नै पृथ्वीको दूत हो र समस्त मानवको प्रतिनिधित्व गरी अन्तरिक्ष अन्वेषण कार्यक्रममा संयुक्त रूपमा संलग्न हुनुपर्छ। पृथ्वीका मानिससँगै अरू ग्रह जाने सपना बोकेको पनि थोमसले व्यक्त गर्नुभयो।

 

सही हो, अन्तरिक्ष अन्वेषण यात्रा हामी सँगै मिलेर गर्नुपर्छ।