
चीनले अप्रिल १८ तारिख सन् २०२२ को पहिलो त्रैमासिक अवधिको राष्ट्रिय आर्थिक तथ्याङकलाई सार्वजनिक गरेको छ। सो तथ्याङ्क अनुसार पहिलो त्रैमासिक अवधिमा राष्ट्रिय गार्हस्त उत्पादन मात्रा २ सय ७० खर्ब १७ अर्ब ८० करोड चिनियाँ युआन पुगेको छ र गत वर्षको सोही अवधिको तुलनामा ४.८ प्रतिशतले वृद्धि भएको छ। अन्तर्राष्ट्रिय वातावरण झन् जटिल र गम्भीर हुँदै आएको र देशभित्र महामारी भइरहेको लगायतका विविध परीक्षण देखा परेको खण्डमा चीनको यस्तो बृद्धि अवस्था एकदमै मूल्यवान रहेको छ।
समष्टिगत रूपबाट हेर्दा पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्रले पुन:विकास हुने प्रवृत्तिलाई कायम राख्दै अनिश्चित तत्व भरिपूर्ण विश्व अर्थतन्त्रलाई मूल्यवान स्थिरता थपिदिएको छ।
अधिकांश कठिनाई देखा परे तापनि चीनले यथावत् रूपमा जिम्मेवारी धारणा लिएर सक्दो प्रयासमार्फत विश्व उद्योग व्यवसाय लाइनको स्थिर प्रचलनलाई कायम राख्दै जानेछ। हाल चिनियाँ बजार “विश्व बजार”को दिशातर्फ बन्दै जानेछ। चीन अझ उच्च र खुलस्त छवीद्वारा चारैबाट आउने अतिथिहरूलाई आकर्षित गरिरहेको छ।


