#अल्पसंख्यक जाति# हाइनान प्रान्तको अल्पसंख्यक जाति
2022-04-19 10:10:53cri
Share with:

अप्रिल १० तारिखदेखि १३ सम्म चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हाइनान प्रान्तको भ्रमण तथा निरीक्षण गर्नुभएको छ। सो अवसरमा अप्रिल ११ तारिख दिउँसो राष्ट्राध्यक्ष सी चिनफिङले हाइनान उष्ण कटिबन्धीय वन आरक्षण क्षेत्रको उ चशान पहाडी क्षेत्र तथा हाइनान प्रान्तीय उ चशान शहरको स्वीमान जिल्लाको माउनान गाउँबस्तीको निरीक्षण गर्नुभएको छ। यस क्रममा सीले हाइनान प्रान्तको प्राकृतिक वातावरण संरक्षण, जैविक विविधता एवम् गरिबी निवारण सम्बन्धि उपलब्धिको विस्तार तथा ग्रामीण पुनरूत्थानको संयोजन कामबारे जानकारी लिनुभएको छ।


उ चशान शहरको स्वीमान जिल्लाको माउनान गाउँबस्तीमा कुल ३३ परिवारका १२८ जना बस्दछन्। गाउँलेहरूको मुख्य आम्दानी स्रोत चिया रोपण तथा बाहिर कार्य गर्नु हो। केही वर्षयता माउनान गाउँबस्तीले ली जातीय संस्कृति र उष्णकटिबन्धीय दृश्यलाई मुख्य विषयवस्तु बनाएर पर्यटनको विकास गर्दैआएको छ।

 

हाइनान प्रान्त एउटा ठूलो टापु हो। ली जाति यस टापुको सबैभन्दा प्रारम्भिक बासिन्दाहरू हुन्। हाल ली जाति हाइनान प्रान्तमा मुख्य अल्पसंख्यक जाति हो। पहिला ली जातीयहरूसँग आफ्नो भाषा मात्र थियो तर लिपी थिएन। उनीहरू सामान्य रूपमा चिनियाँ भाषा प्रयोग गर्दछन्।, सन् १९५८ मा चिनियाँ कम्युनिष्ट पार्टी र सरकारको सहयोगमा उनीहरूले ल्याटिन वर्णमालाको आधारमा ली लिपीको सिर्जना गरेका थिए। अधिकाँश ली जातीयहरू हाइनान टापुमा बस्दछन्। त्यसबाहेक केही ली जातीयहरू चीनको क्वी चौ, क्वाङ तुङ, क्वाङ सी लगायत क्षेत्रमा पनि छन्।

 

ली जातीयहरू मुख्यतः कृषिसम्बन्धी काम गर्दछन्। हाइनान प्रान्तमा ली जातीयहरूले स्थानीय परिस्थिति अनुसार उष्णकटिबन्धीय फलफूल, बालीलगायत विशेषतायुक्त कृषिको विकास गरेर धनी बन्ने बाटो फराकिलो पारेका छन्। केरा, आँप, लिचीजस्ता उष्णकटिबन्धीय फल, रबर, नरिवल, काजू, कफीलगायत उष्णकटिबन्धीय आर्थिक बालीहरू बिस्तारै ली जातीय बसोबास क्षेत्रको विशेषतायुक्त उद्योग बन्दैगएको छ र हाइनान टापुबाहिर वा विदेशमा निर्यात गरेका छन्।

 

राष्ट्राध्यक्ष सी चिनफिङले भ्रमण गर्नुभएको माउनान गाउँबस्तीमा उत्पादन हुने चिया राम्रो भौगोलिक अवस्था र वातावरणका कारण चिनियाँ बजारमा विक्री हुने सबैभन्दा पहिलो वसन्त चिया हो। केही वर्षयता सरकारको समर्थनमा चिया उद्योग त्यहाँको विशेषतायुक्त उद्योग बनेको छ।

 

गाउँले वाङ च्युरूले आफ्नो चिया पार्कमा राष्ट्राध्यक्ष सीलाई स्वागत गरेकी थिइन्। राष्ट्राध्यक्ष सीले उनको हस्तनिर्मित चिया घरको निरीक्षण गर्नुभएको थियो। राष्ट्राध्यक्ष सीले चियामाथि निकै ध्यान दिनुभएको वाङले सम्झना गरिन्। वाङका अनुसार, चिया घरबाट हिँड्ने बेलामा राष्ट्राध्यक्ष सीले चियाको भाउ सोधेर कालो चिया र हरियो चिया छानेर किन्नुभएको थियो।

 

वास्तवमा हाइनान प्रान्तमा ली जातिबाहेक म्याउ, ह्वी लगायत ३०भन्दा बढी अल्पसंख्यक जातिहरू बस्दछन्।